सुर्खेत: सुर्खेतको बराहाताल गाउँपालिका–४ साजघाट रिङाउस्थित भेरी नदीको किनारमा भेटिएको शव भौतिक पूर्वाधार मन्त्रालय कर्णाली प्रदेशका सवारी चालक हिम बहादुर विष्टको रहेको पुष्टि भएको छ।
चालक: हिम बहादुर विष्ट


दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–२ निवासी अन्दाजी २९ वर्षीय विष्ट असार ६ गते ‘बिरामी छु’ भन्दै कार्यालयमा जानकारी गराएर बाहिरिएको भए पनि त्यसपछि सम्पर्कविहीन भएका थिए।
उनले प्रयोग गर्दै आएको सरकारी मोटरसाइकल असार ९ गते सुर्खेतको भेरीगंगा नगरपालिका क्षेत्रमा रहेको भेरी पुल नजिक सडक किनारमा बेवारिसे अवस्थामा फेला परेको थियो।
यो पनि: https://ejanachaso.com/1908/
लगातार खोजी भइरहेका बेला आज शुक्रबार बराहाताल गाउँपालिका–४, साजघाट क्षेत्रको भेरी नदी किनारमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी मोहनजंग बुढथापाले जानकारी दिए।











