ताजा
डोल्पाका यातायात प्रालिले नियमविपरीत कार्य गरे कारबाही गरिने प्रशासनको चेतावनी  ||    जुम्लामा जिल्ला स्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा हमाल चयन    ||    डोल्पामा गुडिरहेको ट्रयाक्टरबाट खस्दा एक जना घाइते  ||    डोल्पामा जेठ महिनामा लेक लागेर २ जनाको मृत्यु, १२ जना बिरामी  ||    विश्वले चिन्ने फोक्सुण्डो ताल आफ्नै प्रदेशको बजेटमा गायब  ||    कर्णालीको बजेट ३५ अर्ब ३९ करोड, चालु आवभन्दा ७.२८ प्रतिशत वृद्धि  ||    कर्णालीको डोल्पासहितका जिल्लामा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्न सांसद राणाको माग  ||    सुर्खेतमा जिल्लास्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा कोइराला चयन  ||   
शनिबार , असार ६, २०८३

जाजरकोट: कुनै समय बिहान बेलुकी ढिकी जाँतोको आवाजले गुञ्जायमान हुने जाजरकोटका गाउँघरहरू अहिले सुनसान जस्तै भएका छन् ।

अन्न कुटानी पिसानीमा प्रयोग गरिने ढिकी र जाँतो जस्ता परम्परागत उपकरण आधुनिकताको लहरसँगै लोप हुने अवस्थामा पुगेका छन्। गाउँघरमा चामलदेखि गहुँसम्म मिलमा कुटानी पिसानी चलन बढेसँगै ढिकी जाँतो प्रयोग घट्दै गएको हो। अहिले अधिकांश ग्रामीण बासिन्दा तराईबाट आयातित चामल तथा स्थानीय मिलमा कुटाइ गरिए‌को अन्नमा भर पर्न थालेका छन् ।

शिवालय गाउँपालिका-५ का नागरिक अगुवा ददु शाहीले आधुनिक उपकरणको सहजताले गर्दा मानिसहरू अब ढिकी जाँतोजस्ता परम्परागत साधन प्रयोग गर्न छोडेको बताए।

पहिले त घरघरमा ढिकी जाँतो अनिवार्य जस्तै हुन्थ्यो, अहिले त गाउँमै मुश्किलले एक-दुईवटा भेटिन्छन्। ६८ वर्षीय शाहीले भने ‘गाउँमा ढिकी जाँतो भन्दा बढी त मिल हुन थालिसके। मान्छेले मिल प्रयोग गर्छन् तर ढिकी जाँतो प्रयोग गर्न छोडे।’ उनले मिलमा कुटानी पिसानी गरेको रकम महंगो लागे पनि स्थानीयहरु मिलमै जान तयार भएको बताए। उनले आफ्नो घरमा ढिकी भएको बताउँदै सो ढिकी दशै तिहारको समयमा सेल रोटी पकाउनलाई पिठो कुट्नको लागि मात्रै प्रयोग हुनेगरेको बताए।

जुनीचाँदे गाउँपालिकाकी प्रेमकला शाहीले पहिले ढिकी जाँतो र हाते मुसलले आफुहरुलाई दुःख हुने गरेको र अहिले मिल आएपछि सहज भएको बताईन ।

उनले पैसा भन्दा पनि आफुहरुले सहजका लागि मिल प्रयोग गर्ने गरेको बताईन। ‘हामी पहिले हाते मुसल चलाउँदा धेरै दुख हुन्थ्यो,’ उनी सम्झिन्छन, ‘अहिले मिलले सजिलो बनाएको छ, त्यसैले पैसा भन्दा पनि सहजतामा जोड दिइन्छ।’

पहिला दसैं तिहार जस्ता चाडबाडका लागि ढिकी, जाँतोमा कुटानी पिसानी गरेको अन्नबाट बनाइएको खानपिनलाई विशेष महत्वका साथ लिइने गरेको छेडागाड नगरपालिकाका ७२ वर्षीय राम विकले बताए। अहिले त्यो अवस्थानरहेको उनको भनाइ छ। यस्तै छेडागाड नगरपालिकाका नगर प्रमुख रत्नचन्द्र खड्‌काले पनि पछिल्लो समय ढिकी जाँतो कमै मात्रामा देखिएको पुष्टि गरे। ‘नयाँ प्रविधिप्रति मानिसहरूको आकर्षण बढेको छ,’ उनले भने। ‘सहजता खोज्दा परम्परागत उपकरण हराउँदै गएका छन्।’

 

खड्‌काका अनुसार ढिकी-जाँतोले कुटिएको अन्न स्वास्थ्यका हिसाबले लाभदायक भए पनि त्यसको जानकारी र चेतना अभावका कारण मानिसहरू यसको प्रयोगबाट टाढिएका हुन् । उनले परम्परागत यस्ता उपयोगी उपकरणहरू जोगाउन स्थानीय सरकार र सम्बन्धित निकायले योजना बनाएर संरक्षणका लागि पहल गर्नुपर्नेमा जोड दिए।

आजको सिद्धदर्शन दैनिकमा प्रकाशित छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 

डोल्पामा संगठन विस्तार गर्दै रास्वपा, पहिलो पटक तदर्थ समिति गठन 


TOP