सुर्खेत: नेपालले मलेसियामा सम्पन्न एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। शनिबार भएको फाइनलमा नेपालले सिंगापुरलाई २ विकेटले पराजित गर्दै उपाधि जितेको हो।

प्रतियोगितामा नेपालका रौनक श्रीवास्तव सर्वोत्कृष्ट खेलाडी घोषित भए। उनले एक शतक र एक अर्धशतकसहित कुल २९६ रन बनाएका थिए। रौनकले भुटानविरुद्ध १६८ रनको शानदार पारी खेलेका थिए, जुन ५० ओभरको खेलमा नेपाली खेलाडीले बनाएको अहिलेसम्मकै उच्च व्यक्तिगत स्कोर हो। उनले इन्डोनेसियासँगको खेलमा पनि ८८ रन बनाएका थिए।रौनक प्रतियोगिताका उत्कृष्ट ब्याट्सम्यान पनि घोषित भए।

नेपालका कप्तान बिपिन प्रसाद शर्माले उत्कृष्ट बलरको उपाधि जिते। उनले ५ खेलमा कुल १६ विकेट लिए। त्यस्तै, प्रसिद्ध जैसीले पनि एक शतक र एक अर्धशतकसहित २७८ रन बनाएका थिए। बलिङमा शुभम खनालले १० विकेट लिएर राम्रो प्रदर्शन गरे।

नेपालको समग्र रूपमा प्रदर्शन शानदार रहँदै टोलीले उपाधिसहित प्रतियोगिता सम्पन्न गर्‍यो।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

सांसद बुढाद्वारा डोल्पाको साझा विकासका एजेन्डा तय गर्न सर्वदलीय छलफल आह्वान 

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 


TOP