ताजा
डोल्पाका यातायात प्रालिले नियमविपरीत कार्य गरे कारबाही गरिने प्रशासनको चेतावनी  ||    जुम्लामा जिल्ला स्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा हमाल चयन    ||    डोल्पामा गुडिरहेको ट्रयाक्टरबाट खस्दा एक जना घाइते  ||    डोल्पामा जेठ महिनामा लेक लागेर २ जनाको मृत्यु, १२ जना बिरामी  ||    विश्वले चिन्ने फोक्सुण्डो ताल आफ्नै प्रदेशको बजेटमा गायब  ||    कर्णालीको बजेट ३५ अर्ब ३९ करोड, चालु आवभन्दा ७.२८ प्रतिशत वृद्धि  ||    कर्णालीको डोल्पासहितका जिल्लामा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्न सांसद राणाको माग  ||    सुर्खेतमा जिल्लास्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा कोइराला चयन  ||   
शनिबार , असार ६, २०८३

डोल्पा: हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोट बगर बजारमा ट्रकको ट्यांकी वेल्डिङ गर्ने क्रममा आगलागी हुँदा दुई जना जलेर घाइते भएका छन्।

बगर बजार स्थित रुकुमेली अटो पार्टस्‌मा वेल्डिङ भइरहेको भे १ ख ३६७८ नम्बरको ट्रकको ट्यांकी एक्कासी आगो लाग्दा रुकुमका २८ वर्षीय बेगम शर्मा र त्रिपुरासुन्दरी ०२ का २५ वर्षीय विजय थापा घाइते भएको प्रहरी चौकी त्रिपुराकोटले जानकारी दिएको छ।

प्रहरीका अनुसार आगलागीका कारण शर्माको हात, खुट्टा र छाती गम्भीर रूपमा जलेको छ भने थापाको शरीरका केही भागमा जलन पुगेको छ।

घाइते दुवै जनालाई सुरुमा जिल्ला अस्पताल डोल्पा ल्याइएको थियो। अस्पतालका डाक्टर अखण्ड उपाध्यायका अनुसार थप उपचारका लागि उनीहरूलाई काठमाडौं रिफर गरिएको छ।

वेल्डिङको क्रममा सुरक्षाको पर्याप्त व्यवस्था नभएका कारण आगलागी भएको हुन सक्ने बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको त्रिपुराकोट प्रहरी चौकीको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 

डोल्पामा संगठन विस्तार गर्दै रास्वपा, पहिलो पटक तदर्थ समिति गठन 


TOP