ताजा
डोल्पाका यातायात प्रालिले नियमविपरीत कार्य गरे कारबाही गरिने प्रशासनको चेतावनी  ||    जुम्लामा जिल्ला स्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा हमाल चयन    ||    डोल्पामा गुडिरहेको ट्रयाक्टरबाट खस्दा एक जना घाइते  ||    डोल्पामा जेठ महिनामा लेक लागेर २ जनाको मृत्यु, १२ जना बिरामी  ||    विश्वले चिन्ने फोक्सुण्डो ताल आफ्नै प्रदेशको बजेटमा गायब  ||    कर्णालीको बजेट ३५ अर्ब ३९ करोड, चालु आवभन्दा ७.२८ प्रतिशत वृद्धि  ||    कर्णालीको डोल्पासहितका जिल्लामा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्न सांसद राणाको माग  ||    सुर्खेतमा जिल्लास्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा कोइराला चयन  ||   
शनिबार , असार ६, २०८३

पूर्ण सार्की/ सुर्खेत: जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषध अफिमको ओसारपसारमा संलग्न रहेको आशंकामा ५ किलोभन्दा बढी अफिमसहित एक व्यक्तिलाई पक्राउ गरेको छ।

बिहिबार जिल्ला प्रहरीले पत्रकार सम्मेलन गर्दै अवैध अफिमको कारोबार गरिरहेका जाजरकोटको जुनिचाँदे गाउँपालिका–१० सिर्पाका ४६ वर्षीय जयबहादुर बस्नेतलाई सार्वजनिक गरेको हो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले गोप्य सूचनाका आधारमा निगरानी र सूचना विश्लेषण गरेपछि बुधवार साँझ साढे ६ बजे भेरीगंगा नगरपालिका–१० तालबारीमा अफिम कारोबार भइहेको सूचना प्राप्त भए पश्चात जिल्ला प्रहरी कार्यालय सुर्खेत र ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको टोलीले भेरीगंगास्थित तालबारीमा बस्नेतलाई शंकास्पद अवस्थामा फेला पारी जाँच गर्दा उनले बोकेको झोलाभित्र लुकाइ राखेको अफिमजस्तो देखिने ५ किलो ५४० ग्राम गिलो पदार्थ बरामद गरेको पत्रकार सम्मेलन मार्फत जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक सुधीर राज शाहीले जानकारी दिए।

 

पक्राउ परेका बस्नेतको साथबाट अफिम सहित तौल गर्न प्रयोग गरिने डिजिटल तराजु १ थान, नागरिकता प्रमाणपत्र, विभिन्न बैंकका चेक धितो ५ थान र नगद ४ हजार ७ सय ३० रुपैयाँ समेत बरामद गरिएको प्रहरीले जनाएको छ।

उनीमाथि लागूऔषध नियन्त्रण ऐन २०३३ को परिच्छेद ३, दफा १४, उपदफा ६(३) बमोजिम मुद्दा दर्ता गरिएको छ। सो दफाअनुसार १०० ग्रामभन्दा बढी अफिमको कारोबार गर्नेलाई १५ वर्षदेखि जन्मकैदसम्म कैद सजाय र ५ लाखदेखि २५ लाख रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ। प्रारम्भिक अनुसन्धान अनुसार जाजरकोट लगायतका पहाडी जिल्लाबाट संकलन गरिएका अफिमलाई आर्थिक लाभका लागि नेपालसंग सीमा जोडिएका छिमेकी देशका सिमासम्म ओसारपसार हुने गरेको छ ।

बरामद अफिमको स्थानीय नेपालका बजारमा करिब ८ लाख ८६ हजार ४ सय रुपैयाँ र प्रतिकिलो मूल्य १ लाख ६० हजार मूल्य हुन जाने अनुमान गरिएको छ। अन्तर्राष्ट्रिय बजारमा भने अफिमको मूल्य करोडौं पर्ने भएकाले विदेश लैजान लागेको हुन सक्ने प्रहरीको आशंका छ।

फोटो: पूर्ण सार्की

त्यस्तै पत्रकार सम्मेलन मार्फत जिल्ला प्रहरी कार्यालय सुर्खेतले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ६ स्थित हटियालाईनमा रहेको एक खाजाघरमा जुवा खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ परेको समेत सार्वजनिक गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले दिएको जानकारीअनुसार असार २५ गते बुधबार साँझ करिब साढे ५ बजे तिर्थराज रेग्मीद्वारा सञ्चालित “टेष्टी खाजा घर” मा जुवा खेलिरहेको गोप्य सूचना प्राप्त भएपछि प्रहरीले सो स्थानमा छापा मारी तिनलाई नियन्त्रणमा लिएको हो।

जुवा खेल्दै गरेको अवस्थामा दैलेख स्थायी घर भै हाल सुर्खेत वी.न.पा. वडा नं. ६ हटियालाईनमा बस्ने ४१ वर्षीय होटल सञ्चालक तीर्थराज रेग्मी, दैलेखकै गुँरास गाउँपालिका वडा नं. ६ का ३६ वर्षीय विनोद रोकाय, कालिकोटको रास्कोट न.पा. वडा नं. ५ घर भै हाल हाल वीरेन्द्रनगर वडा नं १ बस्ने ४० वर्षीय कटक शाही,सुर्खेत वी.न.पा. वडा नं. ३ का ३२ वर्षीय जगदिश रोकाय र सोही वडाका ५८ वर्षीय तिलक चपाईलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार घटनास्थलबाट नगद रू. ३४,६४५, विभिन्न कम्पनीका मोबाइल फोनहरू र ८ गड्डी ताससमेत बरामद गरिएको जानकारी दिएको छ ।

प्रहरीले पक्राउ परेकाहरूमाथि जुवा खेल्ने तथा सट्टेबाजीसम्बन्धी कानुनी प्रक्रियाअनुसार थप अनुसन्धान भइरहेको समेत प्रहरीले जानकारी दिएको छ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 

डोल्पामा संगठन विस्तार गर्दै रास्वपा, पहिलो पटक तदर्थ समिति गठन 


TOP