ताजा
डोल्पाका यातायात प्रालिले नियमविपरीत कार्य गरे कारबाही गरिने प्रशासनको चेतावनी  ||    जुम्लामा जिल्ला स्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा हमाल चयन    ||    डोल्पामा गुडिरहेको ट्रयाक्टरबाट खस्दा एक जना घाइते  ||    डोल्पामा जेठ महिनामा लेक लागेर २ जनाको मृत्यु, १२ जना बिरामी  ||    विश्वले चिन्ने फोक्सुण्डो ताल आफ्नै प्रदेशको बजेटमा गायब  ||    कर्णालीको बजेट ३५ अर्ब ३९ करोड, चालु आवभन्दा ७.२८ प्रतिशत वृद्धि  ||    कर्णालीको डोल्पासहितका जिल्लामा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्न सांसद राणाको माग  ||    सुर्खेतमा जिल्लास्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा कोइराला चयन  ||   
शनिबार , असार ६, २०८३

डोल्पा :हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–०१ स्थित श्री हिमज्योति आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरिएको छ। शुक्रबार विद्यालयमा आयोजित एक कार्यक्रममा ‘दौतारी फ्रेन्ड्स फर फ्युचर’ द्वारा सहयोग गरिएका शैक्षिक सामग्रीहरु त्रिपुरासुन्दरी नगरपालिकाका उप–प्रमुख देवी घर्ती द्वारा वितरण गरिएको हिमज्योती आधारभूत विद्यालयका प्रधानाध्यापक मन बहादुर सार्कीले जानकारी दिए।

दौतारी फ्रेन्ड्स फर फ्युचरले विद्यालयमा अध्ययनरत ७४ जना विद्यार्थीहरूलाई झोला, ट्र्याकसुट, जुत्ता, कापी, कलम, सिसाकलम, ज्यामिति बक्स, इरेजर, कटर लगायतका विविध शैक्षिक सामग्रीहरू वितरण गरिएको विद्यालयले जानकारी दिएको छ। उक्त संस्थाले विगत केही वर्ष देखि विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको लागि शैक्षिक सामग्री वितरण गर्दै आइरहेको छ।

 

शैक्षिक सामग्री वितरण गर्दै उप–प्रमुख घर्तीले विद्यार्थीहरूलाई शैक्षिक सामग्री प्रदान गर्नु सँगै शिक्षा नै दीर्घकालीन परिवर्तनको आधार भएको उल्लेख गर्दै बालबालिकाको उज्ज्वल भविष्यका लागि यस्ता कार्यक्रमको निरन्तरता आवश्यक रहेको बताइन।

विद्यालयका प्रधानाध्यापक सार्कीले संस्थाको सहयोगप्रति आभार व्यक्त गर्दै ग्रामीण भेगका विद्यार्थीहरूलाई यस्तो सहयोगले थप उत्साह र सहजता दिने विश्वास व्यक्त गरे।

 

‘दौतारी फ्रेन्ड्स फर फ्युचर’का प्रतिनिधि तथा पहलकर्ता याेङ्टेन ग्यस्टाेले विद्यार्थीहरुको शैक्षिक भविष्यको कामना गर्दै थोरै सहयोग गरेको बताए । आगामी दिनमा अझै डोल्पाका अन्य विद्यालयहरूसँग सहकार्य गर्दै शैक्षिक गुणस्तर वृद्धिमा टेवा पुर्‍याउने प्रतिबद्धता जनाएका छन्।

शैक्षिक सामग्री वितरण कार्यक्रममा उप प्रमुख घर्ती सगै , दौतारी फ्रेन्ड्स फर फ्युचरका प्रतिनिधि ग्यस्टाे , शिक्षक अभिभावक संघका अध्यक्ष दिर्गलाल सार्की लगायत विद्यार्थीका अभिभावक सहित विद्यालय परिवारको उपस्थिती रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 

डोल्पामा संगठन विस्तार गर्दै रास्वपा, पहिलो पटक तदर्थ समिति गठन 


TOP