ताजा
डोल्पाका यातायात प्रालिले नियमविपरीत कार्य गरे कारबाही गरिने प्रशासनको चेतावनी  ||    जुम्लामा जिल्ला स्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा हमाल चयन    ||    डोल्पामा गुडिरहेको ट्रयाक्टरबाट खस्दा एक जना घाइते  ||    डोल्पामा जेठ महिनामा लेक लागेर २ जनाको मृत्यु, १२ जना बिरामी  ||    विश्वले चिन्ने फोक्सुण्डो ताल आफ्नै प्रदेशको बजेटमा गायब  ||    कर्णालीको बजेट ३५ अर्ब ३९ करोड, चालु आवभन्दा ७.२८ प्रतिशत वृद्धि  ||    कर्णालीको डोल्पासहितका जिल्लामा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्न सांसद राणाको माग  ||    सुर्खेतमा जिल्लास्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा कोइराला चयन  ||   
शनिबार , असार ६, २०८३

पूर्ण सार्की/डोल्पा : हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका, ०१ स्थित सार्कीटोल अहिले बर्खायामसँगै बाढी र पहिरोको उच्च जोखिममा छ। झण्डै ६० देखि ६५ घरधुरी रहेको यो गाउँमा वर्षौंदेखि दलित समुदायको बसोबास रहँदै आएको छ। तर हरेक वर्ष जस्तै यस वर्ष पनि वर्षा लाग्नासाथ उनीहरूको दैनिकी डर र त्रासको बीचमा बितिरहेको छ।

जसको कारण हो ,गाउँको ५०० मिटर तल बग्ने छलगाड खोला, जुन खोला हिउँद र गर्मी महिनासम्म सामान्य रुपमा बग्ने गर्छ, बर्खायाम सुरु हुनासाथ आकस्मिक रुपमा खोलाले उग्र रूप लिन्छ। खोलाको उर्लिंदो बहावले बस्ती तर्फको भिरालो जमिन कटान गर्दै लैजाँदा गाउँका मानिसहरूलाई घरै भासिने डरले सताइरहेको छ।

खोलाको तटीय क्षेत्रको भिरालो भागमा सिंगो गाउँ अडिएको छ। वर्षेनी खोलाले गाउँ तर्फको भिरालो भाग कटान गरिरहेको छ। यति मात्रै होइन खोला कै किनारमा सोही गाउँका दर्जनौं घर एक विद्यालय अनि पुरातात्विक देवी देवताका मन्दिर पनि छन् । दुवै भाग तिरको भूभाग वर्षेनी कटान हुँदा सिंगो गाउँ नै त्रासमा बस्न बाध्य छन् ।

 

“हामी सुत्दैनौं, डरले जाग्राम बस्छौं”

‘बर्खा लाग्यो कि खोलाको आवाज सुनिन थाल्छ। झन् रात पर्नासाथ बाढी बढ्छ भन्ने डर हुन्छ। कहिले खोलो मोडिएर सिधै गाउँ तर्फको भिरालो भाग नै काट्छ की भन्ने डरले वर्षायाममा हामी निदाउन पनि डराउँछौं’। स्थानीय जुन बहादुर सार्की भन्छन् ।

उनका अनुसार गाउँका धेरैले पटक–पटक सम्बन्धित निकायमा बस्ती बचाउन विकास निर्माणको माग गरे पनि अहिलेसम्म कसैले चासो देखाएका छन् । यो क्षेत्र देखि प्रतिनिधित्व गर्ने राजनीतिक कर्मीहरु, जनप्रतिनिधिहरु लगाएतको सबैको यो गाउँमा भोट माग्दा ऐजेण्डा यही प्रस्तुत गर्छन् तर जब जित्छन् त्यसपछि फर्केर नहेरेको यस ठाउँका नागरिकको गुनासो छ।

सोमबार बिहानै खोलाको बहाव उच्च रूपमा बढ्यो। खोलामा बढेको बहावका कारण यहाँका नागरिकले प्रयोग गर्दै आइरहेको पानी घट्टको लागि बनाइएको कुलोको बांधमा क्षति पुर्यायो, कति ठाउँमा त जग्गा नै कटान गरेको छ भने विद्युतको बांध समेतमा क्षति पुर्याउँदा विद्युत सेवा समेत अवरुद्ध छ ।

यसरी वर्षै पिच्छे बढेको खोलाको बहावले गाउँ तिरको भाग पुरै कटान गर्न अझ धेरै समय नलाग्ने चिन्ता स्थानीयहरूमाझ गहिरिँदो छ।

‘बर्खा लाग्यो कि खोलाको आवाज सुनिन थाल्छ। झन् रात पर्नासाथ बाढी बढ्छ भन्ने डर हुन्छ। कहिले खोलो मोडिएर सिधै गाउँ तर्फको भिरालो भाग नै काट्छ की भन्ने डरले वर्षायाममा हामी निदाउन पनि डराउँछौं’।

त्रिपुरासुन्दरी ०१ का वडाध्यक्ष राम चन्द्र कुलालका अनुसार गाउँको अवस्थाबारे नगरपालिका र जिल्ला प्रशासनलाई प्रत्येक वर्ष जानकारी गराइएको हुन्छ । तर भूगर्भीय जटिलता र बजेट अभावले स्थायी समाधान गर्न सकिएको छैन।

उनका अनुसार बस्ती बचाउन र कटान हुन बाट रोक्न प्रत्येक वर्ष तटबन्धनको लागि आवश्यक बजेट आएपनि काम पारदर्शी र प्राविधिक अनुसार नहुँदा अझ समस्या हुने गरेको छ।

बाढी नियन्त्रणका लागि दुवै तर्फ मेसिनरी वाल लगायत तटबन्धको आवश्यकता छ। पुराना लगाएका तटबन्धन दिगो नहुँदा सबै खोलाले बगाएको छ। गाउँको भौगोलिक बनावट हेर्दा खोलाको बहाव उच्च भै कुनै पनि बेला गाउँ तिरको भाग कटान गरी सिंगो गाउँ नै भासिन सक्ने सम्भावना उच्च छ। त्यति मात्रै होइन गाउँकै सिरानमा डोल्पाकै प्रसिद्ध धार्मिक स्थल श्री वाला त्रिपुरासुन्दरी मन्दिर अवस्थित छ । यदि बाढीले गाउँ कटान गरे यो मन्दिरलाई समेत कटान गर्ने सम्भावना उच्च छ। मन्दिर विकाश लगायत पूर्वाधार निर्माणको को लागि वर्षै पिच्छे सबै तहको सरकार देखि लाखौं रुपियाँ आउँछ तर यो मन्दिर संगै जोडिएको गाउँको भूभागको कटान रोक्न न त कसैले चासो देखाउँछन् नत कसैले पहल नै गरेका छन् ।

सामाजिक र आर्थिक रूपले पछाडि पारिएका यी समुदायका लागि जोखिमसँग जुध्ने क्षमता पनि सीमित छ। विपद् व्यवस्थापनका कार्यक्रमहरूमा पहुँच नहुनु र आवाज सुन्ने संयन्त्र कमजोर हुनु यो समस्यालाई अझै जटिल बनाउँदै गएको छ।

वर्षेनी देखिने यस्तो जोखिमप्रति संघीय र प्रदेश सरकार गम्भीर नबन्दा त्रिपुरासुन्दरी ०१ जस्ता बस्तीमा बस्ने नागरिकहरूको दैनिकी निकै त्रासमा बित्छ । विपद् व्यवस्थापन ऐन अनुसार उच्च जोखिममा रहेका बस्तीहरूको पहिचान, पूर्वतयारी र पुनर्वासको योजना अनिवार्य मानिए पनि व्यवहारमा कार्यान्वयन भएको देखिदैन।

 

डोल्पा जस्तो दुर्गम जिल्लामा सूचना, पूर्वाधार र आपतकालीन प्रतिक्रिया प्रणाली कमजोर भएकोले यहाँको हरेक वर्षको बर्खायाम आपतकाल सरहको बनिरहेको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 

डोल्पामा संगठन विस्तार गर्दै रास्वपा, पहिलो पटक तदर्थ समिति गठन 


TOP