ताजा
डोल्पाका यातायात प्रालिले नियमविपरीत कार्य गरे कारबाही गरिने प्रशासनको चेतावनी  ||    जुम्लामा जिल्ला स्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा हमाल चयन    ||    डोल्पामा गुडिरहेको ट्रयाक्टरबाट खस्दा एक जना घाइते  ||    डोल्पामा जेठ महिनामा लेक लागेर २ जनाको मृत्यु, १२ जना बिरामी  ||    विश्वले चिन्ने फोक्सुण्डो ताल आफ्नै प्रदेशको बजेटमा गायब  ||    कर्णालीको बजेट ३५ अर्ब ३९ करोड, चालु आवभन्दा ७.२८ प्रतिशत वृद्धि  ||    कर्णालीको डोल्पासहितका जिल्लामा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्न सांसद राणाको माग  ||    सुर्खेतमा जिल्लास्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा कोइराला चयन  ||   
शनिबार , असार ६, २०८३

पूर्ण सार्की/ सुर्खेत: कर्णाली प्रदेश सभाका सदस्य एबम् पूर्व मन्त्री वीरबहादुर शाहीले जगदुल्ला जलविद्युत परियोजना अलपत्र पार्ने षड्यन्त्र भैरहेको बताएका  छन्

कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको छैठौँ अधिवेशनको उन्तिसौँ बैठकमा बोल्दै प्रदेशसभा सदस्य तथा पूर्व मन्त्री शाहीले डोल्पास्थित जगदुल्ला जलविद्युत् परियोजनालाई अलपत्र पार्ने षड्यन्त्र भइरहेको आरोप लगाएका हुन्। उनले निर्माण प्रक्रिया अघि बढिरहेको बेला ठेक्का रद्ध गर्नका लागि राजनीतिक चलखेल भैरहेको भन्दै प्रदेश सभा मार्फत संघीय सरकार सार्वजनिक लेखा समितीको ध्यानाकर्षण समेत गराए।

 

शाहीले भने ‘जगदुल्ला र मुड्केचुलाका बासिन्दाले आफ्नो रोजीरोटी त्यागेर, जग्गा दान गरेर विद्युत निर्माणमा साथ दिएका छन्। तर अहिले आएर कम बोलपत्र परेको नाममा निर्माण कम्पनी हटाउने प्रयास हुँदैछ, जुन सरासर गलत छ।’ उनले संघीय सरकार अन्तर्गतको सार्वजनिक लेखा समितिको ध्यान समेत यस विषयमा आकर्षण गराएका छन्।

‘कर्णालीमा बाढीपीडितको राहत, जोखिममा रहेका दलित बस्तीको संरक्षण र सडक सुधारमा तत्काल ध्यान दिन आग्रह’

सांसद शाहीले वर्षायाममा सिंगो कर्णाली नै बाढीपहिरोको जोखिममा परिरहेको बेला सरकारले सक्रियता नदेखाएकोप्रति दुःख व्यक्त गरे। उनले डोल्पाको काइके गाउँपालिकाको रिवा गाउँ र जीउ गाउँमा बाढीका कारण ठूलो जनधनको क्षति भएको जनाउँदै विस्थापित नागरिकका लागि राहतको माग गरे। रिवा गाउँमा एउटा विद्यालय समेत पूर्ण रूपमा क्षति पुगेको जानकारी दिए।

 

उनले त्रिपुरासुन्दरी नगरपालिका–०१ स्थित सार्की टोलको दलित बस्ती खोलाले बगाउने अवस्थामा रहेको उल्लेख गर्दै बर्सेनि यो बस्तीमा बाढीको जोखिम दोहोरिने गरेकाले तत्काल बस्ती संरक्षणका लागि बजेट विनियोजन गर्न सरकारलाई आग्रह गरे।

 

त्यस्तै, कर्णाली प्रदेश सरकारले मन्त्रालय घटाउने निर्णयप्रति आक्रोश व्यक्त गर्दै उनले प्रश्न गरे ‘मन्त्रालय घटाउँदा कर्णालीको जिम्मेवारी घट्छ त?’ उनले कानुन निर्माणको जिम्मा लिने कानुन मन्त्रालयलाई समेत अलपत्र पारिन लागेको भन्दै प्रदेश सरकारको आलोचना गरे।

 

शाहीले भेरी कोरिडोर सडक खण्ड अन्तर्गत जाजरकोट-डोल्पाका सडक खण्ड सगै जगदुल्ला- मुड्केचुला भित्रका सडक वर्षायाममा पूर्ण रूपमा बन्द हुने समस्यालाई उठाउँदै भौतिक पूर्वाधार मन्त्रालयको ध्यानाकर्षण समेत गराएका छन्।’डोल्पाबाट मन्त्री बन्नु मात्रै हैन, त्यो जिल्लाका जनताको समस्या समाधान गर्न पनि उत्तिकै जिम्मेवारी सरकारसँग छ,’ उनले भने।

अहिले कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्री डोल्पा कै हुनुहुन्छ चाँडो भन्दा चाँडो वर्षायाममा बन्द हुने सडकको समस्यालाई अन्त्य गरी डोल्पा बासीले खेपिरहेको शास्तिलाई अन्त्य गर्नु पर्ने बताए।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 

डोल्पामा संगठन विस्तार गर्दै रास्वपा, पहिलो पटक तदर्थ समिति गठन 


TOP