सुर्खेत: कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर स्थित प्रमुख धार्मिक एबम् पर्यटकीय स्थल देउती बज्यै मन्दिरमा साउने सङ्क्रान्तिको अवसर पारेर बिहानै देखि भक्तजनको भीडभाड छ।
श्रावण १ अर्थात् साउने सङ्क्रान्ति आज कर्णालीका हिमाली जिल्ला डोल्पा, हुम्ला , जुम्ला लगायतका जिल्लामा विशेष तरिकाले मनाउने प्रचलन छ। सङ्क्रान्ति कै अवसर पारेर कर्णाली प्रदेश सरकार आज प्रदेशभर सार्वजनिक बिदा समेत दिएको छ।


पूर्ण सार्की द्वारा कैद तस्बिर हेर्नुहोस














