ताजा
राज्यको करोडौं लगानी भएको डोल्पाको बलङ्ग्रा चौरी फार्म अलपत्र, बनेका संरचना जीर्ण  ||    डोल्पाका यातायात प्रालिले नियमविपरीत कार्य गरे कारबाही गरिने प्रशासनको चेतावनी  ||    जुम्लामा जिल्ला स्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा हमाल चयन    ||    डोल्पामा गुडिरहेको ट्रयाक्टरबाट खस्दा एक जना घाइते  ||    डोल्पामा जेठ महिनामा लेक लागेर २ जनाको मृत्यु, १२ जना बिरामी  ||    विश्वले चिन्ने फोक्सुण्डो ताल आफ्नै प्रदेशको बजेटमा गायब  ||    कर्णालीको बजेट ३५ अर्ब ३९ करोड, चालु आवभन्दा ७.२८ प्रतिशत वृद्धि  ||    कर्णालीको डोल्पासहितका जिल्लामा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्न सांसद राणाको माग  ||   
शनिबार , असार ६, २०८३

पञ्चपुरी, सुर्खेत: सुर्खेतको पञ्चपुरी नगरपालिकामा महिनावारी स्वास्थ्य, लैङ्गिक समानता र वातावरणीय सरोकारलाई जोड्दै ‘सबैका लागि महिनावारी स्वास्थ्य तथा न्याय’ परियोजना सुरु गरिएको छ।

पञ्चपुरी नगरपालिकाको समन्वयमा तथा सुशासन प्रवर्द्धनका लागि युवा सुर्खेतको सहजीकरणमा उक्त परियोजना संचालनमा आएको हो। परियोजना युके रिसर्च एण्ड इनोभेसन, बाथ विश्वविद्यालय र कृपाको प्राविधिक तथा वित्तीय सहयोगमा कार्यान्वयन भइरहेको छ।

 

परियोजनाको उद्घाटन कार्यक्रम नगर प्रमुख लालबिर भण्डारीको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा नगर उपप्रमुख मुक्तिदेवी रेग्मी प्रमुख अतिथि रहनु भएको थियो। उपप्रमुख रेग्मीले यस परियोजनाले महिनावारी स्वास्थ्यमा सुधार ल्याउने र महिलाको पीडा न्यूनीकरणमा ठुलो सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

 

युवा सुर्खेतका कार्यकारी निर्देशक घनश्याम के.सी. ले परियोजनाको उद्देश्य तथा संस्थाको भूमिकाबारे जानकारी दिनु भयो। त्यस्तै, परियोजना संयोजक एलीना भारतीले परियोजनाको कार्यविधि, रणनीति र उद्देश्यबारे विस्तृत प्रस्तुति दिनुभएको थियो।

 

नगर प्रमुख भण्डारीले महिनावारी स्वास्थ्य तथा न्यायसम्बन्धी यो परियोजना नगरपालिका र समुदायका लागि अत्यन्तै उपयोगी हुने बताउँदै आगामी दिनमा नगरपालिकाबाट निरन्तर सहकार्य रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

 

परियोजनाले वडा नं. २, ४, ६, ८, ९ र ११ का किशोरीहरूलाई लक्षित गर्दै १२ वटा शैक्षिक तथा व्यवहारिक सत्रहरू सञ्चालन गर्नेछ। साथै, अभिभावकहरूलाई समेट्दै ४ वटा अन्तरक्रियात्मक कार्यक्रमहरू समेत आयोजना गरिनेछ।

 

यी सत्रहरूमा महिनावारी चक्र, पीडा व्यवस्थापन, वातावरणमैत्री अभ्यास, मानसिक स्वास्थ्य तथा महिनावारी न्यायका अवधारणामा आधारित छलफल तथा अभ्यासहरू गराइने जनाइएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 

डोल्पामा संगठन विस्तार गर्दै रास्वपा, पहिलो पटक तदर्थ समिति गठन 


TOP