डोल्पा: कृषि तथा पशुपन्छी विकास मन्त्रालयको निर्णयअनुसार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतका कार्यालयको नाममा संशोधन गरिएको छ।
मन्त्रालयको मिति २०८२ साल साउन ७ गतेको पत्र (च.नं. १२) तथा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम व्यवस्थापन एकाइको मिति साउन ८ गतेको पत्र (च.नं. ११) अनुसार अब उक्त कार्यालयको सम्पूर्ण कार्य ‘राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ’ को नामबाट अगाडि बढाइनेछ।



सोही अनुसार डोल्पामा पनि विभिन्न स्थानीय तहमा संचालित स्याउ जाेन र सिमि जाेन कार्यक्रमहरु संचालन गर्दै आएको यस कार्यालयकाे नाम राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाईमा संशोधन गरिएको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाई डाेल्पाका निमित्त कार्यालय प्रमुख गाेविन्द बहादुर मल्लले जानकारी दिएका छन।
यसअघि ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ’ को नामबाट सञ्चालन हुँदै आएको उक्त कार्यालयले अब नयाँ नामबाट सम्बन्धित सबैलाई पत्राचार तथा कार्य सम्पादन गर्ने जानकारी दिइएको छ।












