ताजा
राज्यको करोडौं लगानी भएको डोल्पाको बलङ्ग्रा चौरी फार्म अलपत्र, बनेका संरचना जीर्ण  ||    डोल्पाका यातायात प्रालिले नियमविपरीत कार्य गरे कारबाही गरिने प्रशासनको चेतावनी  ||    जुम्लामा जिल्ला स्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा हमाल चयन    ||    डोल्पामा गुडिरहेको ट्रयाक्टरबाट खस्दा एक जना घाइते  ||    डोल्पामा जेठ महिनामा लेक लागेर २ जनाको मृत्यु, १२ जना बिरामी  ||    विश्वले चिन्ने फोक्सुण्डो ताल आफ्नै प्रदेशको बजेटमा गायब  ||    कर्णालीको बजेट ३५ अर्ब ३९ करोड, चालु आवभन्दा ७.२८ प्रतिशत वृद्धि  ||    कर्णालीको डोल्पासहितका जिल्लामा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्न सांसद राणाको माग  ||   
शनिबार , असार ६, २०८३

पूर्ण सार्की/ डोल्पा : हिमाली जिल्ला डोल्पाको ठूलीभेरी नगरपालिका–३ धुपिचौरस्थित ठूलीभेरी नदीको टापुमा फसेका चार जना युवालाई मंगलबार बिहान सकुशल उद्धार गरिएको छ।

केही दिन देखिको अविरल वर्षाका कारण नदीमा पानीको बहाव एक्कासि बढ्दा बाढीले बगाएको दाउरा संकलन गर्न गएका उनीहरू टापुमा फसेका थिए।

फोटो: टेक शाहि

जिल्ला स्थित सबै सुरक्षा निकायको सहकार्यमा भेरी नदीको टापुमा फसेका त्रिपुरासुन्दरी ६ का ३३ वर्षीय ललित बोहोरा,२६ वर्षीय नन्द प्रसाद बोहोरा, ३७ वर्षीय श्यामलाल बोहोरा र ३५ वर्षीय लालकुमार बुढाको उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाका  प्रहरी नायब उपरीक्षक रूक बहादुर खड्काले जानकारी दिए।

उनीहरूलाई उद्दार गर्न प्रहरी नायव उपरीक्षक  खड्काको कमाण्डमा २५ जना प्रहरीको टोली, सशस्त्र प्रहरी बल गुल्म नम्बर ४६ दुनैबाट सशस्त्र प्रहरी नायव उपरीक्षक दीपकराज भट्टको कमाण्डमा १९ जना र नेपाली सेनाको संग्राम सार्दुल गुल्म, सुलिगाड डोल्पाबाट सेनानी हरिश शाहीको कमाण्डमा २२ जना सुरक्षाकर्मी खटिएका थिए।

फोटो: टेक शाहि

उद्दार पश्चात उनीहरुलाई जिल्ला  अस्पताल डोल्पा पठाइएको थियो। अस्पतालका अनुसार उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको र उपचार पश्चात उनीहरुलाई घर पठाइएको छ।

जिल्ला प्रशासन कार्यालय डोल्पाले वर्षायाममा नदी आसपास दाउरा संकलन वा अन्य कामका लागि जानु जोखिमपूर्ण हुने हुँदा सावधानी अपनाउन सबैलाई अनुरोध समेत गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 

डोल्पामा संगठन विस्तार गर्दै रास्वपा, पहिलो पटक तदर्थ समिति गठन 


TOP