ताजा
राज्यको करोडौं लगानी भएको डोल्पाको बलङ्ग्रा चौरी फार्म अलपत्र, बनेका संरचना जीर्ण  ||    डोल्पाका यातायात प्रालिले नियमविपरीत कार्य गरे कारबाही गरिने प्रशासनको चेतावनी  ||    जुम्लामा जिल्ला स्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा हमाल चयन    ||    डोल्पामा गुडिरहेको ट्रयाक्टरबाट खस्दा एक जना घाइते  ||    डोल्पामा जेठ महिनामा लेक लागेर २ जनाको मृत्यु, १२ जना बिरामी  ||    विश्वले चिन्ने फोक्सुण्डो ताल आफ्नै प्रदेशको बजेटमा गायब  ||    कर्णालीको बजेट ३५ अर्ब ३९ करोड, चालु आवभन्दा ७.२८ प्रतिशत वृद्धि  ||    कर्णालीको डोल्पासहितका जिल्लामा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्न सांसद राणाको माग  ||   
शनिबार , असार ६, २०८३

डोल्पा : कर्णाली प्रदेशको हिमाली जिल्ला डोल्पा र गण्डगी प्रदेशको राजधानी समेत रहेको कास्की बीच आपसी सहयोगको प्रतिबद्धता गरिएको छ।

 

सोमबार कास्की जिल्लामा आयोजित स्वागत कार्यक्रममा कास्की र डोल्पा जिल्लाबीचको आपसी सम्बन्धलाई अझ सुमधुर बनाउँदै आगामी दिनहरूमा पर्यटन, पूर्वाधार विकास, जडिबुटी व्यवस्थापन लगायत विभिन्न क्षेत्रहरूमा सहकार्य गर्न सकिने विषयमा सकारात्मक छलफल भएको जिल्ला समन्वय समिति डोल्पाका प्रमुख श्याम बहादुर रोकायले जानकारी दिए।

आफ्नो कुल देवता संगको मुक्तिनाथ तीर्थ गएका प्रमुख रोकाय सहितको टोलीलाई जिल्ला समन्वय समिति कास्कीका प्रमुखले कार्यालयमै स्वागत गरेका थिए।

जिल्ला समन्वय समिति कास्कीको मायालु स्वागत र सद्भावपूर्ण आतिथ्यप्रति आभार प्रकट गर्दै दुई जिल्लाबीचको सम्बन्धलाई अझ सुदृढ बनाउँदै लैजाने प्रमुख रोकायले प्रतिबद्धता गरे।

त्यसैगरी प्रमुख रोकायाले दुई जिल्लाका स्थानीय तहबीचको समन्वय, विपद् व्यवस्थापन, तथा आर्थिक सहकार्यका सम्भावनाहरूलाई पनि साझा प्राथमिकताका रूपमा लिइने बताए।

कार्यक्रममा कास्कीका प्रमुख तथा पदाधिकारीहरूप्रति धन्यवाद दिँदै प्रमुख रोकायाले मायाको चिनो र हार्दिक स्वागतप्रति विशेष कृतज्ञता समेत प्रकट गरे

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 

डोल्पामा संगठन विस्तार गर्दै रास्वपा, पहिलो पटक तदर्थ समिति गठन 


TOP