ताजा
राज्यको करोडौं लगानी भएको डोल्पाको बलङ्ग्रा चौरी फार्म अलपत्र, बनेका संरचना जीर्ण  ||    डोल्पाका यातायात प्रालिले नियमविपरीत कार्य गरे कारबाही गरिने प्रशासनको चेतावनी  ||    जुम्लामा जिल्ला स्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा हमाल चयन    ||    डोल्पामा गुडिरहेको ट्रयाक्टरबाट खस्दा एक जना घाइते  ||    डोल्पामा जेठ महिनामा लेक लागेर २ जनाको मृत्यु, १२ जना बिरामी  ||    विश्वले चिन्ने फोक्सुण्डो ताल आफ्नै प्रदेशको बजेटमा गायब  ||    कर्णालीको बजेट ३५ अर्ब ३९ करोड, चालु आवभन्दा ७.२८ प्रतिशत वृद्धि  ||    कर्णालीको डोल्पासहितका जिल्लामा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्न सांसद राणाको माग  ||   
शनिबार , असार ६, २०८३

डोल्पा, साउन २८ : डोल्पाको ठुलीभेरी नगरपालिकाको केन्द्र जुफाल स्थित श्री आदर्श माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति (वि.व्य.स) का पदाधिकारीहरूले सामूहिक राजीनामा दिएका छन्।

 

आज बसेको वि.व्य.स बैठकले अध्यक्ष खिम बहादुर सिंहसहित सम्पूर्ण पदाधिकारीको कार्यकाल तीन वर्षको मात्र भएको र सो अवधि सकिएको कारण देखाउँदै अध्यक्ष सहित सबै सदस्यहरूले सामूहिक राजीनामा दिएको अध्यक्ष सिंहले जानकारी दिए ।

त्रिपुरासुन्दरी नगरपालिकाको अनुरोध

बैठकले कार्यकाल समाप्त भएपनि सम्बन्धित निकायले नयाँ वि.व्य.स गठनका लागि प्रक्रिया अगाडि नबढाएकाले विद्यमान समितिले औपचारिक रूपमा जिम्मेवारी समाप्त गर्ने निर्णय गरेको जानकारी दिएको छ।

 

वि.व्य.सका पदाधिकारीहरूले आफ्नो कार्यकालमा कुनै पनि भत्ता वा सेवा सुविधा नलिइकन विद्यालयको व्यवस्थापन तथा सञ्चालनमा निरन्तर योगदान गरेको भन्दै विद्यालय परिवारले हार्दिक धन्यवाद व्यक्त गरेको छ।

सम्पूर्ण बिव्यसका सदस्यहरूले सामूहिक राजीनामा दिए सगै अहिले जिल्ला कै नमूना विद्यालयको रूपमा हेरिएको उक्त विद्यालय विद्यालय व्यवस्थापन समिति विहिन बनेको छ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 

डोल्पामा संगठन विस्तार गर्दै रास्वपा, पहिलो पटक तदर्थ समिति गठन 


TOP