ताजा
राज्यको करोडौं लगानी भएको डोल्पाको बलङ्ग्रा चौरी फार्म अलपत्र, बनेका संरचना जीर्ण  ||    डोल्पाका यातायात प्रालिले नियमविपरीत कार्य गरे कारबाही गरिने प्रशासनको चेतावनी  ||    जुम्लामा जिल्ला स्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा हमाल चयन    ||    डोल्पामा गुडिरहेको ट्रयाक्टरबाट खस्दा एक जना घाइते  ||    डोल्पामा जेठ महिनामा लेक लागेर २ जनाको मृत्यु, १२ जना बिरामी  ||    विश्वले चिन्ने फोक्सुण्डो ताल आफ्नै प्रदेशको बजेटमा गायब  ||    कर्णालीको बजेट ३५ अर्ब ३९ करोड, चालु आवभन्दा ७.२८ प्रतिशत वृद्धि  ||    कर्णालीको डोल्पासहितका जिल्लामा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्न सांसद राणाको माग  ||   
शनिबार , असार ६, २०८३

सुर्खेत, साउन २९– कर्णाली प्रदेश सरकारले विपन्न, असहाय र बेवारिसे नागरिकलाई अस्पताल पुग्न वा फर्किन यातायात खर्च उपलब्ध गराउने भएको छ। सामाजिक विकास मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ का लागि २५ लाख रुपैयाँ बजेट विनियोजन गर्दै भौगोलिक दूरीअनुसार ५ हजारदेखि २० हजारसम्म उपचार वा यातायात खर्च दिने व्यवस्था गरेको हो।

 

मन्त्री घनश्याम भण्डारीका अनुसार, अस्पतालमा पुग्न नसक्ने वा फर्किन नसक्ने बिरामीलाई स्वास्थ्य सेवाको पहुँचमा अभिवृद्धि गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो। सेवाग्राहीले वडाको सिफारिस वा अस्पतालको प्रमाणसहित मन्त्रालयमा निवेदन दिनुपर्नेछ। निवेदनका साथ बिरामीको पुर्जा, आफन्तको बैंक खाता विवरण, मृतकको हकमा मृत्युदर्ता प्रमाणपत्र र हकवालाको बैंक विवरण पेश गर्नुपर्नेछ।

त्रिपुरासुन्दरी नगरपालिकाको अनुरोध

यस्तै, उपचारका क्रममा मृत्यु भई आर्थिक अभावमा धार्मिक संस्कार गर्न नसक्नेका लागि शव वाहन खर्च पनि भुक्तानी गरिनेछ। भुक्तानीका लागि मन्त्रालयका सचिवको नेतृत्वमा स्वास्थ्य महाशाखा प्रमुख, आर्थिक प्रशासन शाखा प्रमुख, र चिकित्सा शाखा प्रमुख सदस्य रहने समिति गठन गरिएको छ।

 

मन्त्री भण्डारीले संघीय सरकारले दीर्घ रोगीलाई दिँदै आएको रकम भन्दा थप एक लाख रुपैयाँ उपचार खर्च प्रदेश सरकारले दिने बताउँदै प्रदेश अस्पतालमा मृगौलाको डायलाइसिस निशुल्क गर्ने व्यवस्था पनि मिलाइएको जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 

डोल्पामा संगठन विस्तार गर्दै रास्वपा, पहिलो पटक तदर्थ समिति गठन 


TOP