ताजा
राज्यको करोडौं लगानी भएको डोल्पाको बलङ्ग्रा चौरी फार्म अलपत्र, बनेका संरचना जीर्ण  ||    डोल्पाका यातायात प्रालिले नियमविपरीत कार्य गरे कारबाही गरिने प्रशासनको चेतावनी  ||    जुम्लामा जिल्ला स्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा हमाल चयन    ||    डोल्पामा गुडिरहेको ट्रयाक्टरबाट खस्दा एक जना घाइते  ||    डोल्पामा जेठ महिनामा लेक लागेर २ जनाको मृत्यु, १२ जना बिरामी  ||    विश्वले चिन्ने फोक्सुण्डो ताल आफ्नै प्रदेशको बजेटमा गायब  ||    कर्णालीको बजेट ३५ अर्ब ३९ करोड, चालु आवभन्दा ७.२८ प्रतिशत वृद्धि  ||    कर्णालीको डोल्पासहितका जिल्लामा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्न सांसद राणाको माग  ||   
शनिबार , असार ६, २०८३

पूर्ण सार्की/ डोल्पा :  हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१, त्रिपुराकोटस्थित छलगाड खोलामा बिहीबार दिउँसो करिब ३ बजेदेखि उच्च बाढी आएपछि ठूलो भौतिक क्षति पुगेको छ। मानवीय क्षति नभए पनि बाढीले ट्याक्टरसहितका संरचना, बाली, काठे पुल र तटबन्धन बगाउँदा त्रिपुराकोटका स्थानीयवासी चिन्तित बनेका छन्।

खोलामा एक्कासी उर्लेर आएको बाढीले नदी आसपासका तटीय क्षेत्रमा रहेका बस्ती, खेत र भौतिक संरचनामा ठूलो क्षति पुर्‍याएको छ। भलाया डाँडा (जोइखोर) मा निर्मित दुई कोठे गोठ र त्यहाँ राखिएको एक ट्याक्टर बाढीले बगाएको छ। साथै, छलगाड लघु जलविद्युत आयोजनाको बाँध पूर्ण रूपमा भत्काउँदा झण्डै ३५० घरधुरी अन्धकारमा बस्नुपर्ने भएको छ।

बाढीले खोलाको किनारमा रहेका दुई वटा पानी घट्टका बाँध समेत पूर्ण रूपमा भत्काएको छ। त्रिपुराकोटका दलित बस्ती नजिक लगाइएको तटबन्धन, लाखौं खर्चेर बनाइएका सुरक्षात्मक संरचना, एउटा काठे पुल र बाली लगाइएका जग्गा सबै क्षतिग्रस्त भएका छन्।बाढीले विद्युत लाइनका पोलहरु समेत बगाएको छ ।

फोटो: पूर्ण सार्की

नदीको तटीय क्षेत्रमा रहेका खेतमा लगाइएका स्थानीय कृषकका सिमी लगायतका अन्नबाली पूर्ण रूपमा बगाउँदा अन्न उत्पादनमा ठूलो क्षति पुगेको छ। खोलामा आएको बाढीले पानी घट्टको मुहानमा ठूलो क्षति पुगेकाले स्थानीयलाई अन्न पिस्न समेत समस्या हुने देखिएको छ।

नदीले बस्ती तिरको भूभाग र बस्ती सुरक्षाका लागि लगाइएको तटबन्धन पूर्ण रूपमा कटान गर्दै बगाएको छ। जसका कारण गाउँ सहित डोल्पाकै महत्वपूर्ण शक्तिपिठ धार्मिक एबम् पर्यटकीय स्थल श्री बाला त्रिपुरासुन्दरी मन्दिर समेत उच्च जोखिम रहेको छ।

खोलामा आएको बाढीले भेरी करिडोर सडक खण्ड अन्तर्गत पर्ने  छलगाड खोलामा बन्न लागेको पक्की पुलको दुई तिरको पिलरमा समेत क्षति पुर्याएको छ।

त्रिपुराकोटका स्थानीयका अनुसार यो खोलामा वर्षौ पछि यति ठूलो बाढी आएको हो ।  तामे गाड खोला र कोलीबगर खोलामा सगै एकै पटक आएको बाढीका कारण खोलाले उग्र रूप लिएको थियो।

तस्बिर: पूर्ण सार्की

 :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 

डोल्पामा संगठन विस्तार गर्दै रास्वपा, पहिलो पटक तदर्थ समिति गठन 


TOP