डोल्पा, श्रावण ३०: हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-२ मा पर्ने बडाखर्क लेकमा हिँउचितुवाले २५ भेडा मारेको छ।
चरिचरनका लागि बड़ा खर्क पाटनमा छाडेको बेला राति हिँउचितुवाको आक्रमणबाट २५ भेडा बाख्रा मरेको पीडित किसानले बताएका छन् ।


चितुवाको आक्रमणमा परी त्रिपुरासुन्दरी २ का स्थानीय नरी थापाका ११, लक्ष्मी रोकायका ५ र पदम बुढाका ३ , हरि केसीका ३ र बलबहादुर उखेडाका ३ भेडा मृत भेटिएको त्रिपुराकोट प्रहरी चौकीका प्रहरी नायव निरीक्षक यम बहादुर बस्नेतले जानकारी दिएका छन ।
यो क्षेत्रका स्थानीयका पशु चौपायालाई हिउँ चितुवाले वर्षेनी क्षति पुर्याइरहेको छ











