डोल्पा, श्रावण ३०: डोल्पाको त्रिपूरा माध्यामिक बिद्यालयका बिद्यार्थिहरुलाई राहत वितरण गरिएको छ । जगदुल्ला गाउँपालिका वडा नं २ काईगाउँमा रहेकाे त्रिपूरा माध्यामिक बिद्यालयको राहत कोषमा जम्मा भएको रकमवाट वालवालिकाहरुलाई राहत प्रदान गरिएको हो । राहत काेषमा जम्मा भएकाे कुल ६ लाख ३ हजार ६ सय ६३ रुपैयावाट बिद्यालयमा राहत वितरण गरिएको हो ।
त्रिपूरा माध्यामिक बिद्यालयका वाल बिकास केन्द्र देखी कक्षा १२ सम्मा २ सय ३६ जना वालवालिकाहरुलाइ कापि,कलम, ईरेजर स्टेसनरी, टाइ बेल्ट र हाउस ड्रेस बितरण गरिएको राहत कोषका अध्यक्ष मिलन बुढाथोकिले जानकारी दिए । बुढाथोकिका अनुसार महिला तथा पुरुष आवासिय छत्राबासमा बस्ने सम्पुर्ण ९० जना बिद्यार्थिहरुलाई १-१ बोरा चामल सहित अन्य शैक्षिक सामाग्रि राहत स्वरुप प्रदान गरेको बताए । यसका साथै उक्त राहत कोषबाट त्रिपुरा माध्यामिक बिद्यालयको नवनिर्मित भवनमा बिजुली वायरिङ्गका लागी भनेर नगद १६ हजार ४ सय २० रुपैया समेत प्रदान गरिएको छ ।


डोल्पा जिल्लाकै सवै भन्दा पुरानो माध्यामिक बिद्यालय त्रिपूरा माबिको छात्रवास भवन २०८० साल माघ २१ गते आगलागी भएर जली पूर्ण रुपमा क्षति भएको थियाे । करोडौको क्षेति व्यहोरी रहेको बिद्यालयले सरकारसँग पुन निर्माणका लागी पहल गरेको भएपनि तत्कालको लागि सकिने खाले सामाग्रिहरुका लागी मिलन बुढाथोकिको अध्यक्षतामा राहत कोष बनाई राहत संकलन गरियो र उक्त राहत कोषमा जम्मा भएको रकमवाट वालवालिकाहरुलाई राहत प्रदान गरिएको बिद्यालयका प्रधानाध्यापक जय बहादुर बस्नेतले जानकारी दिए ।
आगलागीले छात्रवास,पुस्तकालय र प्रशासनिक कोठा जलेर नष्ट भएपछि पुन निर्माणका लागि आर्थिक बर्ष २०८१/०८२ मा संघिय सहरी विकास मान्त्रालय माफर्त १ करोड १० लाख भन्दा धेरै रकममा सभा हल र अट्याच शौचालय सहित दुईवटा पक्की भवन निर्माणका लागि बजेट बिनियोजन गरी निर्माण कार्य भएकोले पनि राहतमा संकलन भएको रकम सवैको छलफल पछि बिद्यालयका वालवालिकाहरुलाई राहत स्वरुप प्रदान गरेको प्रधानाध्यापक जय बहादुर बस्नेतले प्रष्ट पारे ।
आर्थिक बर्ष २०८१/०८२ मा बजेट बिनियजोनताका डोल्पा जिल्लाकै प्रतिनिधि सभा सदस्य धन बहादुर बुढा संघिय सहरी विकास मन्त्री भएकै कारण बिद्यालयको माग सम्बोधन भएकोले पूर्व शहरी विकास मन्त्री धन बहादुर बुढा प्रति बिद्यालय परिवार रिनी भएको बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष दल बहादुर महताराले बताए ।
त्रिपूरा माध्यामिक राहत कोषमा रकम जम्मा गर्ने सम्पुर्ण मनकारी व्यक्तिहरुलाइ विशेष आभार सहित राहत कोषका अध्यक्ष मिलन बुढाथोकि सहित बिद्यालय परिवारले धन्यवाद प्रकट गरे । राहत वितरण कार्यक्रममा विद्यालय व्यवस्थापन समिति,ईलाका प्रहरी काईगाउँका प्रमुख,जगदुल्ला हाईड्रो पावरका पदाधिकारी,अभिभाबक,बुद्धिजीवी पाईले हिमाल युवा क्लबका अध्यक्ष ज्युहरूकाे उपस्थिति रहेको थियाे।











