ताजा
राज्यको करोडौं लगानी भएको डोल्पाको बलङ्ग्रा चौरी फार्म अलपत्र, बनेका संरचना जीर्ण  ||    डोल्पाका यातायात प्रालिले नियमविपरीत कार्य गरे कारबाही गरिने प्रशासनको चेतावनी  ||    जुम्लामा जिल्ला स्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा हमाल चयन    ||    डोल्पामा गुडिरहेको ट्रयाक्टरबाट खस्दा एक जना घाइते  ||    डोल्पामा जेठ महिनामा लेक लागेर २ जनाको मृत्यु, १२ जना बिरामी  ||    विश्वले चिन्ने फोक्सुण्डो ताल आफ्नै प्रदेशको बजेटमा गायब  ||    कर्णालीको बजेट ३५ अर्ब ३९ करोड, चालु आवभन्दा ७.२८ प्रतिशत वृद्धि  ||    कर्णालीको डोल्पासहितका जिल्लामा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्न सांसद राणाको माग  ||   
शनिबार , असार ६, २०८३

डोल्पा, श्रावण ३१: हिमाली जिल्ला डोल्पाको मुड्केचुला गाउँपालिका भित्र रहेका टेलिफोनका टावर सूर्यको प्रकाश सगै हराउने गरेका छन्।

पालिका भित्रका २ वटा टावर र एउटा रिपिटर टावर गरी ३ टावर रहेका यी क्षेत्रका बासिन्दा अहिले टेलिफोन सेवा अभावको समस्यामा परेका छन् ।

सूर्यको प्रकाशसँगै यहाँका अधिकांश टावर पनि बन्द हुने गरेका कारण नागरिकहरु निरन्तर सञ्चार बाहिर जस्तै भएका छन् ।

अहिले पालिकाभर नै टावर ‘हराउने’ समस्या देखिएको स्थानीयको गुनासो छ । पालिकाका अधिकांश ठाउँमा घाम लागेको दिन साँझ ५ बजेसम्म मात्रै मोबाइल नेटवर्क चल्ने गर्छ भने कतिपय क्षेत्रमा बेलुकी करिब १० बजेसम्म सेवा उपलब्ध हुन्छ । तर, घाम नलागेको दिनमा सूर्यास्तसँगै मोबाइल नेटवर्क पूर्ण रूपमा अवरोध हुने गरेको छ। अनि घाम लागेको दिन बिहान १० बजे पछि मात्रै टावर सञ्चालन हुने गरेको छ।

करिब साढे ७ हजार जनसंख्या रहेको यो क्षेत्रका नागरिक सञ्चार अभावका कारण अहिले दिनहुँ समस्यामा परिरहेका छन्। सञ्चार सुविधा नहुँदा यो क्षेत्रका विद्यालय, स्वास्थ्य संस्था, सरकारी कार्यालयदेखि सामान्य जनजीवनसमेत प्रभावित बनेको स्थानीयले बताएका छन् ।

सञ्चार अभावले पालिका भित्र आपतकालीन अवस्थामा सूचना आदान–प्रदान गर्न कठिनाई भइरहेको प्रहरी चौकी इलले जानकारी दिएको छ।

मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्त शाहीका अनुसार, पालिका भित्रका गाउँमा राखिएका नेपाल टेलिकमका टावर सौर्य ऊर्जाबाट सञ्चालित भएकोले लगातार घाम नलाग्दा ब्याट्री चार्ज नहुने र भाका ब्याट्री पनि ड्यामेज हुन गई सेवा अवरुद्ध हुने गरेको हो ।

उनले नयाँ ब्याट्री जडानको लागि नेपाल टेलिकम सग पटक पटक आग्रह गरेपनि सुनुवाई नहुँदा पालिका भरी समस्या हुने गरेको जानकारी दिए।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 

डोल्पामा संगठन विस्तार गर्दै रास्वपा, पहिलो पटक तदर्थ समिति गठन 


TOP