ताजा
राज्यको करोडौं लगानी भएको डोल्पाको बलङ्ग्रा चौरी फार्म अलपत्र, बनेका संरचना जीर्ण  ||    डोल्पाका यातायात प्रालिले नियमविपरीत कार्य गरे कारबाही गरिने प्रशासनको चेतावनी  ||    जुम्लामा जिल्ला स्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा हमाल चयन    ||    डोल्पामा गुडिरहेको ट्रयाक्टरबाट खस्दा एक जना घाइते  ||    डोल्पामा जेठ महिनामा लेक लागेर २ जनाको मृत्यु, १२ जना बिरामी  ||    विश्वले चिन्ने फोक्सुण्डो ताल आफ्नै प्रदेशको बजेटमा गायब  ||    कर्णालीको बजेट ३५ अर्ब ३९ करोड, चालु आवभन्दा ७.२८ प्रतिशत वृद्धि  ||    कर्णालीको डोल्पासहितका जिल्लामा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्न सांसद राणाको माग  ||   
शनिबार , असार ६, २०८३

डोल्पा : नेकपा माओवादी केन्द्र निकट भातृ संगठन अखिल नेपाल खेलकुद महासंघ डोल्पाको अध्यक्षमा मनिराम बूढा निर्वाचित भएका छन्।

सोमबार मुड्केचुला गाउँपालिका वडा नं ०४ इलमा बसेको महासंघको दोश्रो जिल्ला भेलाले अध्यक्षमा बूढा सहित १६ जना कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक धर्मजीत बोहोरा ‘विस्फोट’को प्रमुख आतिथ्यता तथा जिल्ला सचिव तथा मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्त बहादुर शाहीको विशेष आतिथ्यमा सम्पन्न दोश्रो जिल्ला भेलाले अध्यक्षमा बूढा , उपाध्यक्षमा राजेन्द्र रोकाय , सचिवमा अर्जुन रोकाय, कोषाध्यक्षमा पुष्पा बोहोरा, स. सचिवमा सुरेश बोहोरा सदस्यहरुमा पुस्पा पुन, रूप चन्द्र बूढा, रूपक बूढा, ओम बहादुर सार्की, धन बहादुर बूढा, शान्ता सिंह, सतीश विक, दीपेन्द्र शाही , भूपेन्द्र कार्की, दया विक, र विमला रोकायालाई निर्विरोध निर्वाचित गरिएको जिल्ला संयोजक बोहोराले रंगीन पाटीलाई जानकारी दिए।

महासंघको दोश्रो जिल्ला भेलामा संयोजक बोहोरा , सचिव शाही, वाइसियल नेपालका जिल्ला इन्चार्ज देविसर बूढा, नेकपा माओवादी केन्द्र देखि निर्वाचित मुड्केचुला गाउँपालिका १ का वडा अध्यक्ष बाग बहादुर बुढा, २ का विष्णु बूढा, ३ का कृति बहादुर बूढा लगायत माओवादी पार्टीका कार्यकर्ताहरुको उपस्थिती रहेको थियो।

दोश्रो भेलाले केन्द्र र प्रदेश सम्मेलनको लागि प्रतिनिधि समेत तोकेको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 

डोल्पामा संगठन विस्तार गर्दै रास्वपा, पहिलो पटक तदर्थ समिति गठन 


TOP