डोल्पा : हिमाली जिल्ला डोल्पामा जंगली च्याउ खाँदा ६ जना बिरामी परेका छन्। जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार भाद्र ४ गते बिहान करिब ५:३० बजेको समयमा डोल्पाको ठुलिभेरी नगरपालिका–३ सदरमुकाम दुनैमा बस्दै आएका रोल्पा घर भएका व्यक्तिहरू जंगली च्याउ खाएपछि बिरामी भएका हुन्।


बिरामीमध्ये ३० वर्षीय लाल कुमार रोका, ३७ वर्षीया सिमा रोकाया, ५० वर्षीय गौरे रोका, ६० वर्षीया रुपी रोका, ७० वर्षीया बिमला घर्ति मगर र ३५ वर्षीय प्रेम घर्ति मगर रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ। रोल्पा घर भएका उनीहरू रोजगारीको शिलशिलामा डोल्पा बस्दै आइरहेका थिए।
विषालु जंगली च्याउ सेवन गरी बिरामी परेक सबैको सबैको जिल्ला अस्पताल डोल्पामा उपचार भइरहेको र उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।











