डोल्पा: हिमाली जिल्ला डोल्पामा गोठाला गएका एक वृद्ध बेपत्ता भएका छन् ।
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका १ गल्लीका अन्दाजी ६० वर्षीय डम्मर सिंह कठायत शनिबार दिउँसो घरबाट न्युने डाँडा वनतर्फ बाख्रा चराउन गएका थिए। बाख्रा चराउन गोठाला गएका उनी उतै बेपत्ता भएको गल्लीका स्थानीयले जानकारी दिए।


शनिबार दिउँसो गोठाला गएका उनी साँझसम्म घर नफर्किएपछि परिवार र स्थानीयवासीले शनिबार साँझ रातभर उनको खोजीकार्य गरेका थिए। तर, रातभर खोज्दा पनि उनलाई फेला पार्न नसकेपछि आइतबार पुनः बिहान देखी नै खोजीकार्य जारी राखिने स्थानीयले जानकारी दिएका छन्।
बेपत्ता वृद्धको खोजीका लागि प्रहरीलाई समेत जानकारी गराइएको छ।











