काठमाण्डौं। काठमाडौँको वनस्थली अन्नपूर्ण चोक नजिक जुवा तास खेलिरहेको अवस्थामा नौ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार गत भदौ १० गते साँझ करिब ६ बजे जुवा तास खेलाइरहेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।


पक्राउ पर्नेहरूबाट नगद दुई लाख २१ हजार एक सय ४५ रुपैयाँ र तासका १० बुक बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनीहरूलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच दिनको म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा काठमाडौंका श्यामकृष्ण महर्जन, राजेश महर्जन, अमर महर्जन, गोपाल तण्डुकार, सानुकाजी महर्जन र राजु नापितसहित ललितपुरका पूर्णबहादुर थापा, गुल्मीका प्रदीप पाण्डे र रामेछापका खेमबहादुर थापा रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपील राज बोहराले जानकारी दिए ।











