ताजा
राज्यको करोडौं लगानी भएको डोल्पाको बलङ्ग्रा चौरी फार्म अलपत्र, बनेका संरचना जीर्ण  ||    डोल्पाका यातायात प्रालिले नियमविपरीत कार्य गरे कारबाही गरिने प्रशासनको चेतावनी  ||    जुम्लामा जिल्ला स्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा हमाल चयन    ||    डोल्पामा गुडिरहेको ट्रयाक्टरबाट खस्दा एक जना घाइते  ||    डोल्पामा जेठ महिनामा लेक लागेर २ जनाको मृत्यु, १२ जना बिरामी  ||    विश्वले चिन्ने फोक्सुण्डो ताल आफ्नै प्रदेशको बजेटमा गायब  ||    कर्णालीको बजेट ३५ अर्ब ३९ करोड, चालु आवभन्दा ७.२८ प्रतिशत वृद्धि  ||    कर्णालीको डोल्पासहितका जिल्लामा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्न सांसद राणाको माग  ||   
शनिबार , असार ६, २०८३

काठमाण्डौं। गाली बेइज्जतीको जाहेरीपछि पक्राउ परेका नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर हाजिरी जमानीमा छुटेका छन्। उनीसँगै उनकी श्रीमती सनुजा श्रेष्ठ पनि छुटेको साइबर ब्युरोका एसपी दीपकराज अवस्थीले जानकारी दिए।

यसअघि महरविरुद्ध जाहेरी दिने महिलालाई पनि सरकारी वकिल कार्यालयले हाजिरी जमानीमा रिहा गरेको थियो। महरले उनीविरुद्ध ब्युरोमै जाहेरी दिएका थिए।

सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख रामहरि शर्मा काफ्लेले भने, ‘उहाँहरूको दोहोरो उजुरी देखियो। यसअघि महरको उजुरीमा महिला पक्राउ पर्दा पनि हाजिरी जमानीमै राखेर अनुसन्धान गर्न भनिएको थियो। अहिले तिनै महिलाले उजुरी दिएपछि उहाँलाई म्याद थपका लागि हामी कहाँ ल्याइएको थियो। तर अदालत नलगि हाजिरी जमानीमा राखेर अनुसन्धान गर्नु भनेर रिहा गरियो।’

महरसँगै उनकी पत्नी पनि प्रहरीमा सँगै उपस्थित भएकी थिइन्। उनीविरुद्ध पनि छुट्टै उजुरी थियो। सरकारी वकिल कार्यालयले उनलाई पनि हाजिरी जमानीमै रिहा गरिदिएको छ।

गाली बेइज्जती तथा चरीत्र हत्या गरेको भन्दै एक महिलाले उनीविरुद्ध हुलाकमार्फत साइबर व्युरोमा जाहेरी दिएकी थिइन्। त्यसपछि उनीविरुद्ध सोमबार पक्राउ पुर्जी जारी भएको थियो।

आफूविरुद्ध पक्राउ पुर्जी जारी भएको थाहा पाएपछि महर अनुसन्धानमा सघाउने भन्दै आफैँ साइबर ब्युरोमा उपस्थित भएका थिए।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 

डोल्पामा संगठन विस्तार गर्दै रास्वपा, पहिलो पटक तदर्थ समिति गठन 


TOP