सुर्खेत: काठमाडौँबाट सुर्खेत उडेको बुद्ध एयरको जहाज मौसम खराबीका कारण नेपालगञ्ज विमानस्थल डाइभर्ट भएको छ ।
बुद्धको उडान नम्बर १३७ जहाज बिहीबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको सुर्खेतको मौसम खराब भएपछि नेपालगञ्ज विमानस्थलमा अवतरण गरेको बुद्धले जनाएको छ ।



बुद्धको ७२ सिट क्षमतायुक्त जहाज ‘एटीआर ७२-५००’ का सबै यात्रु सकुशल रहेको कम्पनीले जनाएको छ ।











