ताजा
राज्यको करोडौं लगानी भएको डोल्पाको बलङ्ग्रा चौरी फार्म अलपत्र, बनेका संरचना जीर्ण  ||    डोल्पाका यातायात प्रालिले नियमविपरीत कार्य गरे कारबाही गरिने प्रशासनको चेतावनी  ||    जुम्लामा जिल्ला स्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा हमाल चयन    ||    डोल्पामा गुडिरहेको ट्रयाक्टरबाट खस्दा एक जना घाइते  ||    डोल्पामा जेठ महिनामा लेक लागेर २ जनाको मृत्यु, १२ जना बिरामी  ||    विश्वले चिन्ने फोक्सुण्डो ताल आफ्नै प्रदेशको बजेटमा गायब  ||    कर्णालीको बजेट ३५ अर्ब ३९ करोड, चालु आवभन्दा ७.२८ प्रतिशत वृद्धि  ||    कर्णालीको डोल्पासहितका जिल्लामा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्न सांसद राणाको माग  ||   
शनिबार , असार ६, २०८३

काठमाण्डौं: सरकारले मुगु जिल्लाको मुगूम कार्मारोङ गाउँपालिकामा छायानाथ राष्ट्रिय निकुञ्ज स्थापना गर्ने निर्णय गरेको छ। वन मन्त्रालयको प्रस्तावमा आज बसेको मन्त्रिपरिषद् बैठकले मुगुमा थप राष्ट्रिय निकुञ्ज स्थापना गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन्।

यसअघि सो क्षेत्र डोल्पाको शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जसँग जोडिएको थियो। तर कार्मारोङबाट त्यहाँ पुग्न झन्डै सात दिन पैदल यात्रा गर्नुपर्ने बाध्यता भएकाले स्थानीयलाई सेवा सुविधा लिन निकै कठिनाइ थियो।

स्थानीयको निरन्तर आग्रहपछि वन मन्त्री ऐन बहादुर शाहीको पहलमा नयाँ निकुञ्ज स्थापना भएको हो। यस निर्णयपछि मुगुका बासिन्दालाई प्रशासनिक तथा निकुञ्जसम्बन्धी सेवाहरू नजिकैबाट लिन सहज हुने अपेक्षा गरिएको छ।

 

यससँगै नेपालमा राष्ट्रिय निकुञ्जको सङ्ख्या १३ पुगेको छ। हाल रहेका राष्ट्रिय निकुञ्जहरूमा चितवन, बर्दिया, बाँके, खप्तड, लाङटाङ, मकवानपुर–चितवन–पर्सा फैलिएको पर्सा, शिवपुरी नागार्जुन, सगरमाथा, मकालु वरुण, शे–फोक्सुन्डो, रारा र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 

डोल्पामा संगठन विस्तार गर्दै रास्वपा, पहिलो पटक तदर्थ समिति गठन 


TOP