ताजा
राज्यको करोडौं लगानी भएको डोल्पाको बलङ्ग्रा चौरी फार्म अलपत्र, बनेका संरचना जीर्ण  ||    डोल्पाका यातायात प्रालिले नियमविपरीत कार्य गरे कारबाही गरिने प्रशासनको चेतावनी  ||    जुम्लामा जिल्ला स्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा हमाल चयन    ||    डोल्पामा गुडिरहेको ट्रयाक्टरबाट खस्दा एक जना घाइते  ||    डोल्पामा जेठ महिनामा लेक लागेर २ जनाको मृत्यु, १२ जना बिरामी  ||    विश्वले चिन्ने फोक्सुण्डो ताल आफ्नै प्रदेशको बजेटमा गायब  ||    कर्णालीको बजेट ३५ अर्ब ३९ करोड, चालु आवभन्दा ७.२८ प्रतिशत वृद्धि  ||    कर्णालीको डोल्पासहितका जिल्लामा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्न सांसद राणाको माग  ||   
शनिबार , असार ६, २०८३

नेकपा माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले उखु किसानका मागप्रति सरकार गम्भीर नदेखिएको बताएका छन् ।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा सांसद बस्नेतले उखु किसानले पाउनुपर्ने गत वर्षकै एक अर्ब ५० करोड भन्दा बढी रकम सरकारले भुक्तानी नगरेको भन्दै उनले सरकार किसानप्रति अनुदार देखिएको बताएका हुन् ।

प्रति क्विन्टल उखुमा पाउँदै आएको ७० रुपैयाँ अनुदान समेत सरकारले घटाएर ३५ रुपैयाँ कायम गरेर किसान विरोधी निर्णय गरेको उनको आरोप छ ।

 

‘सरकारको यो जनविरोधी रवैयाविरुद्ध किसानहरू केही दिन देखि वर्षा र तीज लगायतका पर्वको प्रवाह नगरी सडकमा धर्ना र प्रदर्शन गरिरहेका छन्, तर सरकार उनीहरूको आवाज र मागप्रति गम्भीर देखिँदैन,’ उनले भने ।

किसानले पाउनुपर्ने गतवर्षको बाँकी भुक्तानी तत्काल गर्न र अनुदान रकम यथावत राख्न उनको माग छ ।

उखु खेतीमा किसानलाई प्रोत्साहित गर्ने उखुको समर्थन मूल्य तोक्न समेत उनले माग गरे । उखु तौलिने बेलामै अनुदान र भुक्तानी दिने गरी व्यवस्था मिलाउन र चिनीमा आत्मनिर्भर बन्ने योजना बनाउन सांसद बस्नेतले सरकारको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 

डोल्पामा संगठन विस्तार गर्दै रास्वपा, पहिलो पटक तदर्थ समिति गठन 


TOP