ताजा
राज्यको करोडौं लगानी भएको डोल्पाको बलङ्ग्रा चौरी फार्म अलपत्र, बनेका संरचना जीर्ण  ||    डोल्पाका यातायात प्रालिले नियमविपरीत कार्य गरे कारबाही गरिने प्रशासनको चेतावनी  ||    जुम्लामा जिल्ला स्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा हमाल चयन    ||    डोल्पामा गुडिरहेको ट्रयाक्टरबाट खस्दा एक जना घाइते  ||    डोल्पामा जेठ महिनामा लेक लागेर २ जनाको मृत्यु, १२ जना बिरामी  ||    विश्वले चिन्ने फोक्सुण्डो ताल आफ्नै प्रदेशको बजेटमा गायब  ||    कर्णालीको बजेट ३५ अर्ब ३९ करोड, चालु आवभन्दा ७.२८ प्रतिशत वृद्धि  ||    कर्णालीको डोल्पासहितका जिल्लामा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्न सांसद राणाको माग  ||   
शनिबार , असार ६, २०८३

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवामा गम्भीर त्रुटि गर्दै एक उपसचिवलाई शाखा अधिकृतको रूपमा पालिकामा खटाएको छ। कर्णाली प्रदेशमा कार्यरत उपसचिवलाई मन्त्रालयले हुम्लाको चंखेली गाउँपालिकामा शाखा अधिकृतको हैसियतमा पठाएको हो।

बिहीबार मन्त्रालयले ९७ जना शाखा अधिकृत सरुवा गर्ने क्रममा सामाजिक विकास मन्त्रालय अन्तर्गत प्रशासन तथा योजना महाशाखा प्रमुख उपसचिव देवी प्रसाद पौड्याललाई शाखा अधिकृतको रूपमा चंखेली गाउँपालिकामा पठाइएको हो।

पौड्याल २०७८ सालमा कर्णाली प्रदेश सरकार अन्तर्गत काजमा खटिएका थिए। गत माघमा उनी उपसचिवमा बढुवा भएका हुन्।

यसबारेमा पौड्यालसँग सम्पर्क गर्ने प्रयास गर्दा उनको फोन उठेन। तर सरुवामा प्राविधिक त्रुटि भएको हुनसक्ने उल्लेख गर्दै प्रवक्ता वृष बहादुर शाहीले पौड्यालको नियुक्ति मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमार्फत भएको जानकारी दिए। उनले भने, “पदस्थापनसमेत त्यही कार्यालयमार्फत भएर उहाँ सामाजिक विकास मन्त्रालयमा आउनुभएको हो।” उनले मन्त्रालयमा भएको नियुक्ति, हाजिरी र पदस्थापनलगायतका सबै विवरण हुलाक वा कुरियरमार्फत काठमाडौँ पठाउने गरिएको जानकारी दिए ।

यस्तो निर्णय कसरी भयो भन्ने विषयमा अझै अन्योल रहेको र उपसचिव पौड्यालले मन्त्रालयमा गएर बुझ्ने जानकारी दिएको शाहीले बताए। यसबारेमा सामान्य प्रशासन मन्त्रालयमा बुझ्न खोज्दा त्यहाँका पदाधिकारीले भने फोन उठाएनन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 

डोल्पामा संगठन विस्तार गर्दै रास्वपा, पहिलो पटक तदर्थ समिति गठन 


TOP