ताजा
राज्यको करोडौं लगानी भएको डोल्पाको बलङ्ग्रा चौरी फार्म अलपत्र, बनेका संरचना जीर्ण  ||    डोल्पाका यातायात प्रालिले नियमविपरीत कार्य गरे कारबाही गरिने प्रशासनको चेतावनी  ||    जुम्लामा जिल्ला स्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा हमाल चयन    ||    डोल्पामा गुडिरहेको ट्रयाक्टरबाट खस्दा एक जना घाइते  ||    डोल्पामा जेठ महिनामा लेक लागेर २ जनाको मृत्यु, १२ जना बिरामी  ||    विश्वले चिन्ने फोक्सुण्डो ताल आफ्नै प्रदेशको बजेटमा गायब  ||    कर्णालीको बजेट ३५ अर्ब ३९ करोड, चालु आवभन्दा ७.२८ प्रतिशत वृद्धि  ||    कर्णालीको डोल्पासहितका जिल्लामा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्न सांसद राणाको माग  ||   
शनिबार , असार ६, २०८३

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सीमा समस्या समाधानका लागि सरकारले कूटनीतिक पहल गर्नुपर्ने बताएका छन्।

सोमबार साँझ एशिया प्रदेश संगठन समितिको भर्चुअल विस्तारित बैठकलाई सम्बोधन गर्दै प्रचण्डले आफू प्रधानमन्त्री हुँदा भारत भ्रमणका क्रममा लिपुलेक र कालापानीको विषयमा भारतीय प्रधानमन्त्रीसँग संवाद गरेकाे बताए।

‘सीमा समस्या कूटनीतिक पहलबाटै समाधान गर्नुपर्छ भन्नेमा माओवादी केन्द्र स्पष्ट छ,’ उनले भने, ‘कामरेडहरूलाई यो पनि थाहा हुनुपर्छ राष्ट्रियताको बारेमा, नेपालको सीमा र लिपुलेकका बारेमा म पछिल्लोपटक प्रधानमन्त्रीको रूपमा भारत भ्रमणमा जाँदा, कालापानी र लिपुलेकको विषयमा गम्भीर ढंगले कुरा गरेकाे थिएँ। इतिहासमा पहिलोपटक मेरो नेतृत्वको सरकारले नै भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल–भारतको सीमा समस्या संवादबाट समाधान गरिन्छ भनेर सार्वजनिक घोषणा गर्न लगाएको हो। मैले मिहिनेत गरेर समाधान गर्नुपर्छ भन्नेमा पुर्याएका थियौँ। अहिलेको सरकारले कूटनीतिक पहलबाट सीमा समस्या समाधान गर्नुपर्छ भन्नेमा माओवादी केन्द्र स्पष्ट छ।’

प्रचण्डले प्रवासी क्षेत्रमा क्रियाशील नेताकार्यकतालाई पार्टीको मूलधारमा ल्याउन विशेष प्रयास थालिएको जानकारी दिए।

‘पछिल्लो स्थायी समितिको बैठकपछि विभिन्न प्रदेशहरूको बैठक बस्ने क्रम जारी छ। केही प्रदेशहरूको बैठक बसेका छौँ। यो पाँचौँ प्रदेशको बैठक हो। अहिले समय अभाव भयो, छिट्टै प्रवासका सबै साथीहरूको कुरा सुन्ने गरी अन्तरक्रियात्मक अर्को बैठक बस्ने प्रतिबद्धता व्यक्त गर्दछु। अहिले प्रवासमा ठूलो संख्यामा जनशक्ति रहेका हुँदा प्रदेशहरू बढाउने र प्रवासलाई महत्व दिइएको छ,’ उनले भने।

मध्यपूर्व र एसियालाई महत्व नदिए पार्टीलाई राम्रोसँग अगाडि बढाउन नसकिने प्रचण्डकाे भनाइ थियाे।

प्रचण्डले पार्टीभित्र गुटबन्दी र अराजक व्यवहार सह्य नहुने चेतावनी थिए। ‘हामीले पार्टीमा जनवादको अभ्यास गर्दै केन्द्रीयता कायम गर्ने प्रयास गरिरहेका छाैँ,’ उनले भने, ‘सबै नेता–कार्यकर्ताले आफूलाई लागेका विषय आन्तरिक बैठकहरूमा खुला ढंगले राख्दै पार्टी अनुशासन पालना गर्नुपर्छ।’

लामो छलफल र बहस गरेर स्थायी समिति बैठकले पार्टीमा अराजकता देखिए कारबाही गर्ने निर्णय सर्वसम्मतिले लिएकाे पनि उनले बताए। ‘कसैले पार्टीको नीति र पद्धति विपरीत लेख्ने–बोल्ने गरेको भए अनुशासनको स्पष्टिकरण सोध्ने काम गर्न निर्देशन दिन्छु,’ प्रचण्डले भने।

अनुशासनको स्पष्टिकरण सोध्दा पार्टीका आन्तरिक बैठकहरूमा जो–सुकैलाई पनि आफूलाई लागेको विचार राख्ने र बहसको वातावरण बनाउने काम गर्नुपर्नेमा पनि उनले जाेड दिए।

‘पार्टीलाई व्यवस्थित र अनुशासित बनाउन सबैले भूमिका खेल्न आवश्यक छ। पार्टीलाई जनतामैत्री, संगठित र एकीकृत बनाउँदै जनविश्वास पुनः आर्जन गर्नेतर्फ लाग्न सबै कार्यकर्तालाई आह्वान गर्दछु। हामी फेरि अभियानमा जाँदैछौँ। अब हरेक क्रान्तिकारी कमरेडले पार्टी एकताका लागि जिम्मेवारीपूर्वक भूमिका खेल्नुपर्छ,’ प्रचण्डले भने।

उनले पार्टीका विभिन्न अभियानमा देशभर जाँदा पार्टी नेतृत्व र नेतृत्वप्रति जनतामा मात्र नभई विपक्षी दलका नेताहरूमा पनि भरोसा रहेको दाबी पनि गरे।

आफू प्रधानमन्त्री हुँदा प्रवासी नेपालीलाई नागरिकता दिने निर्णयको कार्यान्वयनलाई लिएर वर्तमान सरकारको गतिविधिको आलोचना गरे।

बैठकमा केन्द्रीय सदस्य डिबी क्षेत्रीले आफ्नो रिपोर्ट प्रस्तुत गरेका थिए। उनकाे रिपोर्टअनुसार एशिया क्षेत्रमै २८ लाखभन्दा बढी नेपाली श्रमिक कार्यरत छन्। नेतृत्त्वले प्रवासी जनशक्तिको भूमिकालाई मूल्याङ्कन गर्दै आगामी रणनीति तय गर्न आवश्यक रहेको सुझाव पनि उनले दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 

डोल्पामा संगठन विस्तार गर्दै रास्वपा, पहिलो पटक तदर्थ समिति गठन 


TOP