ताजा
राज्यको करोडौं लगानी भएको डोल्पाको बलङ्ग्रा चौरी फार्म अलपत्र, बनेका संरचना जीर्ण  ||    डोल्पाका यातायात प्रालिले नियमविपरीत कार्य गरे कारबाही गरिने प्रशासनको चेतावनी  ||    जुम्लामा जिल्ला स्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा हमाल चयन    ||    डोल्पामा गुडिरहेको ट्रयाक्टरबाट खस्दा एक जना घाइते  ||    डोल्पामा जेठ महिनामा लेक लागेर २ जनाको मृत्यु, १२ जना बिरामी  ||    विश्वले चिन्ने फोक्सुण्डो ताल आफ्नै प्रदेशको बजेटमा गायब  ||    कर्णालीको बजेट ३५ अर्ब ३९ करोड, चालु आवभन्दा ७.२८ प्रतिशत वृद्धि  ||    कर्णालीको डोल्पासहितका जिल्लामा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्न सांसद राणाको माग  ||   
शनिबार , असार ६, २०८३

सुर्खेत : सामाजिक सञ्जालमार्फत विभिन्न पुरुषलाई झुक्याई नक्कली विवाह गराइ ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार फेसबुकलगायतका सामाजिक सञ्जालमार्फत कुरा गरेर नक्कली आमा, बुबा र छोरी बनेर पुरुषहरूलाई विवाह गर्ने बहानामा नगद तथा गरगहना ठगी गर्ने समूहविरुद्ध परेको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो।

 

पक्राउ पर्नेमा दैलेखका घर भई हाल सुर्खेत वीरेन्द्रनगर १० बस्ने ४० वर्षीय होटेल सदाशंकरका सञ्चालक गोपाल कुमार विक, अछामको तुर्माखाद गाउँपालिका ३ घर भई हाल वीरेन्द्रनगर १० बस्ने ३८ वर्षीय भविसरा रास्कोटी मगर रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाले जानकारी दिए।

 

यो समूहले एउटै महिलालाई फरक–फरक मितिमा विभिन्न पुरुषसँग नक्कली विवाह गराएर नगद र गरगहना ठगी गर्दै आएको अनुसन्धानबाट खुलेको छ।

 

पीडितहरूले प्रहरीमा दिएको जाहेरीका आधारमा पक्राउ परेका दुबै जनामाथि अपराधिक लाभ तथा ठगी सम्बन्धी कसुरमा म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 

डोल्पामा संगठन विस्तार गर्दै रास्वपा, पहिलो पटक तदर्थ समिति गठन 


TOP