ताजा
राज्यको करोडौं लगानी भएको डोल्पाको बलङ्ग्रा चौरी फार्म अलपत्र, बनेका संरचना जीर्ण  ||    डोल्पाका यातायात प्रालिले नियमविपरीत कार्य गरे कारबाही गरिने प्रशासनको चेतावनी  ||    जुम्लामा जिल्ला स्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा हमाल चयन    ||    डोल्पामा गुडिरहेको ट्रयाक्टरबाट खस्दा एक जना घाइते  ||    डोल्पामा जेठ महिनामा लेक लागेर २ जनाको मृत्यु, १२ जना बिरामी  ||    विश्वले चिन्ने फोक्सुण्डो ताल आफ्नै प्रदेशको बजेटमा गायब  ||    कर्णालीको बजेट ३५ अर्ब ३९ करोड, चालु आवभन्दा ७.२८ प्रतिशत वृद्धि  ||    कर्णालीको डोल्पासहितका जिल्लामा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्न सांसद राणाको माग  ||   
शनिबार , असार ६, २०८३

सुर्खेत: कर्णाली प्रदेशको राजधानी सुर्खेतमा प्रदेशस्तरीय युवा मानवअधिकार रक्षकहरूको सम्मेलन सुरु भएको छ।

‘मानव अधिकार तथा सामाजिक न्याय’ अभियानको उद्देश्यसहित ग्रामीणमुखी युवा अभियान (रोयम) नेपाल र युवा मानवअधिकार रक्षक सञ्जालको संयुक्त आयोजनामा, एइआईएनको सहयोग तथा राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेशको समन्वयमा कर्णाली प्रदेशस्तरीय युवा मानवअधिकार रक्षकहरूको दुई दिने सम्मेलन सुर्खेतमा सुरु भएको रोयम नेपालका कर्णाली प्रदेश संयोजक सन्तोष विकले रंगीन पाटीलाई जानकारी दिए।

कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीको प्रमुख आतिथ्यतामा उद्दघाटन गरिएको सम्मेलनमा कर्णाली प्रदेशका १० वटै जिल्लाका झण्डै ४० जना युवा मानवअधिकार  रक्षकहरूको उल्लेखनीय सहभागितामा सम्मेलनको सुरु गरिएको छ।

उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले युवा मानवअधिकारका विषयमा सबैले सहयोग गर्नु पर्ने भन्दै युवा मानवअधिकार कर्मीलाई मानवअधिकारको विषयमा डटेर लाग्नु पर्ने बताए। उनले भने, ‘मानवअधिकार रक्षकहरू राज्यका आँखाका रूपमा कार्य गर्छन्। उनीहरूको सक्रियता र प्रतिबद्धता विना सामाजिक न्याय र दिगो विकासका उद्देश्य पूरा गर्न सकिँदैन। सरकार मानवअधिकार रक्षकहरूको सुरक्षा, सशक्तिकरण र सहभागितालाई प्राथमिकतामा राख्दै अघि बढ्नेछ।’

सम्मेलनको उद्दघाटनमा बोल्दै विशिष्ट अतिथि तथा प्रदेश मामिला समिति सभापति मा. कल्याणी खड्काले मानवअधिकारको प्रवर्द्धनका लागि युवाहरूको सामूहिक आवाजलाई सशक्त बनाउनुपर्ने आवश्यकता भएको बताइन्। उनले भनिन् ‘स्थानीयदेखि प्रदेश र राष्ट्रिय तहसम्म युवाहरूको पहलले नै न्यायपूर्ण समाजको निर्माण सम्भव हुन्छ।’

दुई दिने कार्यशालामा दिगो विकास लक्ष्य को कार्यान्वयनमा युवा मानवअधिकार रक्षकहरूको भूमिका, राज्यको दायित्व, सुरक्षा, शारीरिक अखण्डता, कल्याण, शान्ति र संस्थागत पक्ष सम्बन्धी विषयमा विस्तृत छलफल भइरहेको रोयम नेपालका कार्यकारी निर्देशक लुभराज न्यौपानेले जानकारी दिए।

उनले भने ‘ रोयम नेपालले कर्णालीका सबै जिल्लामा सक्रिय रूपमा युवा मानव अधिकार सञ्जाल गठन गरी मानव अधिकारका सवालमा विशेष काम गर्दै आइरहेको छ। ‘

कार्यक्रममा नेकपा माओवादी केन्द्र कर्णालीका प्रमुख सचेतक तथा पूर्व कानुन मन्त्री कृष्ण बहादुर जी.सी., कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष सुर्यनाथ योगी, कर्णाली प्रदेश प्रहरी कार्यालयका वरिष्ठ उपरीक्षक केदार खनाल, राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश कार्यालयका प्रमुख रमेश कुमार थापा, प्रदेश योजना आयोगका कार्यालय प्रमुख गोपाल के.सी., मानवअधिकार रक्षक सञ्जाल कर्णाली प्रदेश संयोजक पिताम्बर ढकाल लगायतका अतिथिहरूको उपस्थिति रहेको थियो।

दुई दिन सम्म चल्ने सम्मेलनमा युवा मानवअधिकार रक्षकहरुको आगामी ३ वर्षको कार्ययोजना समेत तयार गरिने छ। सबै युवा मानव अधिकारकर्मीहरुलाई मानव अधिकारका विषयमा अब्बल र दक्ष बनाई जिल्लामा सरोकारवाला निकाय र एक आपसमा हातेमेलो गरेर मानव अधिकारका विषयमा अगाडि बढ्न सिकाइने छ।

सम्मेलन मार्फत रोयम नेपालले कर्णालीका १० जिल्लामा १० वटा एकदिने कार्यशाला सञ्चालन गर्ने र दुई वर्षमा दुई पटक प्रादेशिक कार्यशालासमेत आयोजना गर्ने, हरेक कार्यशालामा २० देखि ३० जना युवा मानवअधिकार रक्षकहरूको सहभागिता रहने योजना प्रस्तुत गरेको छ।

फोटो फिचर सहित 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 

डोल्पामा संगठन विस्तार गर्दै रास्वपा, पहिलो पटक तदर्थ समिति गठन 


TOP