ताजा
राज्यको करोडौं लगानी भएको डोल्पाको बलङ्ग्रा चौरी फार्म अलपत्र, बनेका संरचना जीर्ण  ||    डोल्पाका यातायात प्रालिले नियमविपरीत कार्य गरे कारबाही गरिने प्रशासनको चेतावनी  ||    जुम्लामा जिल्ला स्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा हमाल चयन    ||    डोल्पामा गुडिरहेको ट्रयाक्टरबाट खस्दा एक जना घाइते  ||    डोल्पामा जेठ महिनामा लेक लागेर २ जनाको मृत्यु, १२ जना बिरामी  ||    विश्वले चिन्ने फोक्सुण्डो ताल आफ्नै प्रदेशको बजेटमा गायब  ||    कर्णालीको बजेट ३५ अर्ब ३९ करोड, चालु आवभन्दा ७.२८ प्रतिशत वृद्धि  ||    कर्णालीको डोल्पासहितका जिल्लामा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्न सांसद राणाको माग  ||   
आइतबार , असार ७, २०८३

डोल्पा:  जिल्ला प्रशासन कार्यालय डोल्पाले  जिल्लाको सदरमुकाम दुनै बजार क्षेत्रमा भेला, जुलुस, प्रदर्शन, सभा, बैठकलगायतका कार्यक्रम निषेध गरेको छ ।

प्रशासनले   विज्ञप्ति जारी गर्दै मंगलबार साझ १० बजेदेखि अर्को आदेश नभएसम्मका लागि सदरमुकाम दुनैमा निषेधाज्ञा लागू गरेको हो।

प्रशासनले शान्ति सुरक्षा भंग हुने आशंका देखिएकाले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ बमोजिम निषेधाज्ञा आदेश जारी गरेको जनाएको छ।

सदरमुकाम दुनै स्थित पूर्वमा सशस्त्र प्रहरी बल नं. ४६ गुल्म हे.क्वा , पश्चिममा धुपिचौर उत्तर माथिल्लो दुनै, दक्षिण जिल्ला अस्पताल, भित्रको क्षेत्रमा निषेधाज्ञा लागू गरिएको हो।

निषेधाज्ञा अवधिभर कुनै पनि किसिमका भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, धर्ना तथा विरोधका कार्यक्रम गर्न प्रतिबन्ध गरिएको प्रशासनले जनाएको छ। आदेश उल्लंघन गर्नेहरूलाई कानुनअनुसार कारबाही हुने चेतावनीसमेत दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 

डोल्पामा संगठन विस्तार गर्दै रास्वपा, पहिलो पटक तदर्थ समिति गठन 


TOP