सुर्खेत : सुर्खेतमा निषेधाज्ञा उल्लङ्घन गरेको आरोपमा प्रहरीले वीरेन्द्रनगर स्थित घण्टाघर चोक नजिकै रहेको डी-नमस्ते होटेलबाट ६ जनालाई पक्राउ गरेको छ।
निषेधाज्ञा जारी भएको अवस्थामा विभिन्न पार्टीका कार्यकर्ता र जेन–जी (Gen-Z) समूहका युवाहरुले सामूहिक भेला गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाले रंगीन पाटीलाई जानकारी दिए।


पक्राउ पर्नेमा नेकपा एमाले निकट युवा संघका जुम्ला कनकासुन्दरी गाउँपालिका ५ का ३३ वर्षीय बद्री बोहोरा, वीरेन्द्रनगर नगरपालिका ८ सुर्खेतका ३१ वर्षीय मोहन थापा, कालिकोट पचालझरणा ३ का १८ वर्षीय महेश कठायत, तिलागुफा १ का २४ वर्षीय प्रेम बूढा, शुभकालिका ३ का २६ वर्षीय पुष्पराज शाही र सोही गाउँपालिकाका १८ वर्षीय मिलन बस्नेत रहेका छन्।
डी- नमस्ते होटलमा बिहान देखी पत्रकार सम्मेलन भन्दै जेन- जी प्रदर्शनकारीहरुले भेला गरिरहेका थिए। प्रहरीले निषेधाज्ञा जारी भएको अवस्थामा सामूहिक भेला, भीडभाड लगायतका गतिविधि नगर्न आग्रह समेत गरिरहेको छ।











