सुर्खेत : नेपाल प्रहरीले जेन-जी आन्दोलनका क्रममा तोडफोड, आगजनी तथा लुटपाटजस्ता गतिविधिमा संलग्न व्यक्तिहरूको खोजीकार्य सुरु गरेको छ ।
यही भदौ २३ र २४ गते काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानहरूमा भएको विरोध प्रदर्शन र आन्दोलनका क्रममा संरचना ध्वस्त गर्ने, सरकारी तथा निजी सम्पत्ति जलाउने, आम सर्वसाधारणमा त्रास सिर्जना गर्ने गतिविधिमा संलग्नहरुलाई खोजी गरिरहेको जानकारी दिएको छ ।


प्रहरीले ती घटनाहरूमा प्रत्यक्ष वा परोक्ष संलग्न व्यक्तिहरूको पहिचानका लागि सर्वसाधारण नागरिकसँग पनि सहयोग मागेको छ।
प्रहरी सूचना जारी गर्दै आन्दोलनका क्रममा खिचिएका तस्बिर, भिडियो, वा सामाजिक सञ्जालमा सार्वजनिक भएका लिङ्कहरू भए [email protected] मा पठाईदिन अनुरोध समेत गरेको छ।
नेपाल प्रहरीले यस्तो सहयोग गर्ने सबैको गोपनीयता पूर्ण रूपमा सुरक्षित राखिने जनाउँदै घटनामा संलग्नलाई कानूनी दायरामा ल्याउने बताएको छ।
साथै प्रहरीले तोडफोड, आगजनी वा लुटपाट जस्ता गतिविधिहरू शान्तिपूर्ण आन्दोलनको मर्यादाविपरीत भएको बताउँदै, कानूनी कारबाहीबाट कसैलाई पनि उन्मुक्ति नदिइने जनाएको छ।
सूचना पढ्नुहोस्












