पूर्ण सार्की/डोल्पा : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय डोल्पाले नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरी सहुलियत दरमा चामल बिक्री गर्न सुरु गरेको छ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय दुनै र शाखा अन्तर्गत संचालित डिपो कार्यालय जुफालबाट उपभोक्ता तथा नागरिकलाई लक्षित गरी सहुलियत दरमा चामल बिक्री गर्न सुरु गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय डोल्पाका प्रमुख विष्णु प्रसाद घिमिरेले रंगीन पाटीलाई जानकारी दिए।


खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय डोल्पाले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको केन्द्रीय कार्यालयको कार्यविधि अनुसार दुर्गम भेगका नागरिकको सहजताका लागि भदौ ३० गते सोमबार देखि दसैं तिहार, छठ लगायतका चाडपर्वलाई लक्षित गरी जिल्लाका बिभिन्न ठाउँमा रहेका डिपो मार्फत सहुलियत दरमा चामल, बिक्री गर्न सुरु गरिएको हो ।
कम्पनीले अहिले सोना मन्सुली र अरुवा मोटा चामल प्रतिकिलो पाँच रुपियाँ छुटमा सहुलियत दरमा पाउने गरि वितरण गरिएको प्रमुख घिमिरेले जानकारी दिए । प्रमुख घिमिरेका अनुसार कम्पनीले अहिले सोना मन्सुली चामललाई केजीको ६० रुपियाँ र मोटा चामललाई केजीको ५८ रुपियाँको दरले बिक्री भइरहेको छ।
साथै कम्पनीमा अहिले २९ सय क्विन्टल रहेको र २२ सय क्विन्टल चामल सहुलियत दरमा बिक्री गर्ने कम्पनीले जानकारी दिएको छ।
दर रेट हेर्नुहोस्












