ताजा
राज्यको करोडौं लगानी भएको डोल्पाको बलङ्ग्रा चौरी फार्म अलपत्र, बनेका संरचना जीर्ण  ||    डोल्पाका यातायात प्रालिले नियमविपरीत कार्य गरे कारबाही गरिने प्रशासनको चेतावनी  ||    जुम्लामा जिल्ला स्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा हमाल चयन    ||    डोल्पामा गुडिरहेको ट्रयाक्टरबाट खस्दा एक जना घाइते  ||    डोल्पामा जेठ महिनामा लेक लागेर २ जनाको मृत्यु, १२ जना बिरामी  ||    विश्वले चिन्ने फोक्सुण्डो ताल आफ्नै प्रदेशको बजेटमा गायब  ||    कर्णालीको बजेट ३५ अर्ब ३९ करोड, चालु आवभन्दा ७.२८ प्रतिशत वृद्धि  ||    कर्णालीको डोल्पासहितका जिल्लामा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्न सांसद राणाको माग  ||   
आइतबार , असार ७, २०८३

सुर्खेत: जेन–जी आन्दोलनका क्रममा सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड, आगजनी र लुटपाट गर्नेको पहिचानका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतले खोजी अभियान सुरु गरेको छ।

गत भदौ २३ र २४ गते सुर्खेतका विभिन्न स्थानमा भएको विरोध प्रदर्शनका क्रममा भएका आगजनी, लुटपाट र आमसर्वसाधारणमा त्रास फैलाउने कार्यमा संलग्नको विवरण संकलन गर्न तस्वीर, भिडियो र सामाजिक सञ्जालका लिंक उपलब्ध गराउन सुर्खेत प्रहरीले आग्रह गरेकाे छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता मोहनजंग बुढथापाले आन्दोलनको नाममा अराजकता मच्चाउनेलाई कानुनी दायरामा ल्याएर कसुर अनुसार कारबाही गरिने बताए। सामाजिक सञ्जाल बन्द तथा भ्रष्टाचारविरुद्ध २३ भदौदेखि सुरु भएको जेन–जी आन्दोलनमा सरकारले अत्यधिक बल प्रयोग गर्दा सोही दिन १९ जनाको मृत्यु भएको थियो। त्यसको बदला लिन दोस्रो दिन (२४ भदाै) प्रदर्शनकारीहरूले कर्णालीका सरकारी निकायका महत्त्वपूर्ण कागजात नष्ट गर्नुका साथै सार्वजनिक पदधारीका निजी सम्पत्तिमा पनि तोडफोड र लुटपाट गरेको थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 

डोल्पामा संगठन विस्तार गर्दै रास्वपा, पहिलो पटक तदर्थ समिति गठन 


TOP