ताजा
राज्यको करोडौं लगानी भएको डोल्पाको बलङ्ग्रा चौरी फार्म अलपत्र, बनेका संरचना जीर्ण  ||    डोल्पाका यातायात प्रालिले नियमविपरीत कार्य गरे कारबाही गरिने प्रशासनको चेतावनी  ||    जुम्लामा जिल्ला स्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा हमाल चयन    ||    डोल्पामा गुडिरहेको ट्रयाक्टरबाट खस्दा एक जना घाइते  ||    डोल्पामा जेठ महिनामा लेक लागेर २ जनाको मृत्यु, १२ जना बिरामी  ||    विश्वले चिन्ने फोक्सुण्डो ताल आफ्नै प्रदेशको बजेटमा गायब  ||    कर्णालीको बजेट ३५ अर्ब ३९ करोड, चालु आवभन्दा ७.२८ प्रतिशत वृद्धि  ||    कर्णालीको डोल्पासहितका जिल्लामा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्न सांसद राणाको माग  ||   
आइतबार , असार ७, २०८३

काठमाडौँ । गत भदौ २३ र २४ गते जेनजीले गरेको विद्रोहले आतंकित भए सगै अहिले संघीय राजधानी काठमाडौँ सहित देशभरका प्रमुख उपत्यका , शहर अहिले सामान्य अवस्थामा फर्किएक छन्।

सरकारको दमन पछि भड्किएका आन्दोलनकारीले राज्यका प्रमुख तीन अंग कार्यपालिका, व्यवस्थापिका, न्यायपालिकाका प्रशासकीय भवन कब्जामा लिएर ध्वस्त पारेका थिए । देशका अधिकांश राजनीतिक दलका कार्यालय, नेताका निजी निवास, व्यवसायी भवन लगायत देशैभरिका सरकारी सम्पत्तिमा आगजनी गरेका थिए ।

उच्च सुरक्षा चुनौतीका कारण नेपाली सेनाले नीवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, निवर्तमान मन्त्रीहरु, पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाललाई सुरक्षा दिएको थियो ।

भदौ २४ गते बिहान ओलीलाई प्रधानमन्त्री निवास बालुवाटारबाट सेनाले शिवपुरीस्थित ब्यारेकमा राखेको थियो । प्रचण्ड र माधव सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा विपक्षी दलको बैठकमा थिए । त्यहीँबाट सेनाले उनीहरूलाई  उद्धार गरी सुरक्षित स्थलमा राखेको थियो ।

कांग्रेस सभापति देउवा र निवर्तमान परराष्ट्रमन्त्री डा. आरजु राणा आफ्नै निवास बुढानीलकण्ठमा थिए । आक्रोशित प्रदर्शनकारीले निवासमा आगजनी गरी देउवा दम्पतीलाई निर्घात कुटपिट गरेको अवस्थामा सेनाले उद्धार गरी उपचारका लागि अस्पताल लगेका थिए ।

पूर्वप्रधानमन्त्री खनाल निवासमै भएको बेला प्रदर्शनकारीले आगजनी गरेको थियो । सुरक्षाकर्मीले उनलाई सुरक्षित स्थलमा लगेका थिए । आगजनीमा परेर खनालकी श्रीमती रविलक्ष्मी चित्रकार गम्भीर घाइते भएकी छिन् । जेनजी आन्दोलनका क्रममा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको निवास जलाइए पनि उनी सेनाको ब्यारेकमा बसेनन्, आफन्तको घरमा बसे ।

ओली र देउवा बाहेक आइतबार र सोमबार गरी अन्य पूर्वप्रधानमन्त्री र मन्त्रीहरू फर्किएको उच्च स्रोतले जानकारी दिएको छ ।

माओवादी अध्यक्ष प्रचण्ड सार्वजनिक भए सगै केन्द्रीय पार्टी कार्यालय पेरिस डाँडा पुगेर निरीक्षण समेत गरेका छन् । उता माधव कुमार नेपाल पनि आफ्नो निजी निवासमा केही नेता सग गएर निरीक्षण गरेका छन्।

पूर्व प्रधानमन्त्री प्रचण्ड, माधव लगायतका पूर्व मन्त्रीहरु सार्वजनिक हुँदा ओली र देउवा अझै सेनाको सुरक्षामा छन्।  उनीहरू कहिले सार्वजनिक हुन्छन् भन्ने कुरो अझै निश्चित भएको छैन। ओलीले त सुरक्षाको ग्यारेन्टी नभए सम्म आफू सार्वजनिक नहुने बताएको एक स्रोतले जानकारी दिएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 

डोल्पामा संगठन विस्तार गर्दै रास्वपा, पहिलो पटक तदर्थ समिति गठन 


TOP