ताजा
राज्यको करोडौं लगानी भएको डोल्पाको बलङ्ग्रा चौरी फार्म अलपत्र, बनेका संरचना जीर्ण  ||    डोल्पाका यातायात प्रालिले नियमविपरीत कार्य गरे कारबाही गरिने प्रशासनको चेतावनी  ||    जुम्लामा जिल्ला स्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा हमाल चयन    ||    डोल्पामा गुडिरहेको ट्रयाक्टरबाट खस्दा एक जना घाइते  ||    डोल्पामा जेठ महिनामा लेक लागेर २ जनाको मृत्यु, १२ जना बिरामी  ||    विश्वले चिन्ने फोक्सुण्डो ताल आफ्नै प्रदेशको बजेटमा गायब  ||    कर्णालीको बजेट ३५ अर्ब ३९ करोड, चालु आवभन्दा ७.२८ प्रतिशत वृद्धि  ||    कर्णालीको डोल्पासहितका जिल्लामा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्न सांसद राणाको माग  ||   
आइतबार , असार ७, २०८३

पूर्ण सार्की/सुर्खेत । गत भाद्र २३ र २४ गते भएको जेन–जी पुस्ताको आन्दोलनपछि उत्पन्न परिस्थितिबारे कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले प्रदेशस्थित सुरक्षा निकायका प्रमुखहरुसँग सोमबार छलफल गरेका छन् ।

मुख्यमन्त्री तथा परिषद्को कार्यालयमा आयोजित बैठकमा उनले आन्दोलनका नाममा भएको तोडफोड, आगजनी र हिंसात्मक घटनाले नागरिक त्रसित भएकाले चारै वटै सुरक्षा निकायलाई जनतालाई आश्वस्त पार्ने गरी काम गर्न निर्देशन दिए ।

मुख्यमन्त्री कडेलले उद्देश्य राम्रो भए पनि आन्दोलनका नाममा हिंसा र तोडफोडले मुलुकले ठूलो क्षति व्यहोर्नु परेको बताए । उनले भने, ‘अनुसन्धान र कारबाही त हुन्छ नै, तर त्यसपछि पनि नागरिक अझै भयवित छन् । यो अवस्थाबाट माथि उठाएर शान्त वातावरण कायम गर्ने जिम्मेवारी तपाईंहरूको हो ।’

उनले सुरक्षाकर्मीलाई संयम, धैर्यता र निष्पक्षताका साथ अगाडि बढ्नुपर्नेमा जोड दिए । ‘आन्दोलनका नाममा भएका आगजनी र लुटपाटमा पूर्वाग्रह नराखी अनुसन्धान गरेर दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउनुस्,’ मुख्यमन्त्री कडेलले भने ।

प्रदेश सरकार सुरक्षाकर्मीलाई आवश्यक सहयोग र सहजीकरण गर्न तयार रहेको स्पष्ट गर्दै उनले संघीय सरकारको आदेशमा ढिलाइ हुँदा जिल्लास्तरमा सुरक्षाकर्मीले भोग्नुपरेको कठिनाइबारे आफू जानकार रहेको पनि बताए ।

छलफलमा कर्णाली प्रदेशका प्रमुख सचिव वीरेन्द्र यादव, सुर्खेतका प्रमुख जिल्ला अधिकारी जगदिश्वर आचार्यसहित चारै वटै सुरक्षा निकायका प्रमुखको उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 

डोल्पामा संगठन विस्तार गर्दै रास्वपा, पहिलो पटक तदर्थ समिति गठन 


TOP