सुर्खेत। सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले गत भदौ २४ गते जेन-जी आन्दोलनको क्रममा भएको आगजनी, तोडफोड र लुटपाट पछि हराएका तथा चोरी भएका सम्पूर्ण जिन्सी सामग्री फिर्ता गर्न आग्रह गरेको छ।
नगरपालिकाले मंगलबार एक सूचना जारी गर्दै नगरकार्यपालिकाको कार्यालय तथा वडा कार्यालयहरूमा भएको आगजानी तथा तोडफोड लगायतको घटनामा कुर्सी, पङ्खा, कम्प्युटर, हार्डडिस्क, ल्यापटप, ट्याब, क्यामेरा, टिभी, इलेक्ट्रोनिक सामग्रीलगायतका वस्तुहरू लुटपाट चोरी भएको सम्पूर्ण सामग्री बुझाउन आग्रह गरेको हो।


नगरपालिकाले हराएका जिन्सी सामग्रीहरु कसैले लैजानुभएको वा कहीँकतै भेटाउनु भएमा यस कार्यालय वा नजिकैको प्रहरी कार्यालयमा बुझाइदिनुहुन समेत अनुरोध गरेको छ।
जेन- जी प्रदर्शनकारीहरुले गत भदौ २४ गते सुर्खेतको वीरेन्द्रनगरपालिका सहित अन्य सरकारी संरचना, नेताहरुका निजी निवास, सरकारी कार्यालय लगायतका सार्वजनिक संरचना आगजानी, तोडफोड सगै लुटपाट गरेका थिए।
सूचना हेर्नुहोस्












