ताजा
राज्यको करोडौं लगानी भएको डोल्पाको बलङ्ग्रा चौरी फार्म अलपत्र, बनेका संरचना जीर्ण  ||    डोल्पाका यातायात प्रालिले नियमविपरीत कार्य गरे कारबाही गरिने प्रशासनको चेतावनी  ||    जुम्लामा जिल्ला स्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा हमाल चयन    ||    डोल्पामा गुडिरहेको ट्रयाक्टरबाट खस्दा एक जना घाइते  ||    डोल्पामा जेठ महिनामा लेक लागेर २ जनाको मृत्यु, १२ जना बिरामी  ||    विश्वले चिन्ने फोक्सुण्डो ताल आफ्नै प्रदेशको बजेटमा गायब  ||    कर्णालीको बजेट ३५ अर्ब ३९ करोड, चालु आवभन्दा ७.२८ प्रतिशत वृद्धि  ||    कर्णालीको डोल्पासहितका जिल्लामा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्न सांसद राणाको माग  ||   
आइतबार , असार ७, २०८३

पूर्ण सार्की/ सुर्खेत : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले जेन-जीका माग उपस्थिती बहाना बाजी र देखाउने होडबाजीमा परिणत भएको बताएका छन्।

संविधान दिवस तथा राष्ट्रिय दिवसको मूल समारोहको अवसरमा कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री कँडेलले गत भदौ २३ र २४ गते भएको जेन–जी प्रदर्शनकारीहरुले गरेको आन्दोलनबारे  यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै उनले जेन–जी प्रदर्शनमा मृतक भएकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै भने, ‘समस्या समाधान गर्न सहमत, असहमत र छलफलमार्फत अघि बढ्न सकिन्छ। तर आन्दोलन, तोडफोड र आगजनी अपरिहार्य होइन। शासनसत्ता चलाउँदा सच्याउनुपर्ने कुरा हामीले सच्याउन सकेनौं, त्यसको परिणाम देशले ठूलो क्षति बेहोर्नु पर्यो।’

उनले जेन–जी पुस्ताले अघि सारेका मागहरूलाई अस्वीकार गर्नुपर्ने अवस्था नभएको पनि प्रष्ट पारे। आन्दोलनका नाममा कानुनको सजाय भोगिरहेका कैदीसहित असन्तुष्ट समूहले आन्दोलनलाई भड्काएको बताउँदै  आन्दोलन बहाना बाजी र देखाउने होडबाजीमा परिणत भएको जिकिर  गरे।

 

मुख्यमन्त्री कँडेलले आन्दोलनपछि संविधानबाहिरको असामान्य अवस्था सिर्जना भएको उल्लेख गर्दै प्रत्यक्ष जननिर्वाचित सरकारलाई कमजोर पारेर नयाँ सरकार गठन गरिएको समेत बताए । उनले फागुन २१ गते हुने भनिएको निर्वाचनलाई यथास्थितिको मात्र निर्वाचन भएको भन्दै त्यसको औचित्यमाथि प्रश्न उठाए।

आन्दोलनका क्रममा कर्णालीमा सुरक्षा निकायको संख्या प्रदर्शनकारीभन्दा धेरै हुँदाहुँदै पनि ठूलो क्षति भएको उल्लेख गर्दै उनले सुरक्षा निकायको कार्यशैलीलाई समीक्षा गर्न आग्रह गरे। साथै आन्दोलनमा चोरिएका तथा लुटिएका सामग्री केवल सुकुम्बासी बस्तीमा मात्र नभई निजामती कर्मचारीहरुका घरमा समेत भेटिएको उदाहरण दिँदै आन्दोलन भड्किनु नियोजित भएको उनको भनाइ थियो।

उनले नेपालका प्रमुख तीन राजनीतिक दलहरू जनमुखी बन्न सके फेरि जनताले विश्वास गर्ने समेत बताए। उनले भने ‘आन्दोलनबाट होइन, संवाद र सहकार्यबाट समस्या समाधान गर्न आवश्यक छ।’

उनले नेपालको संविधानको रक्षा र पालना गर्नु सबैको कर्तव्य रहेको र संविधान भन्दा माथि कोही उभिनु नहुने तर्क व्यक्त गरे।

सुर्खेतमा कर्णाली प्रदेश सरकारको आयोजना तथा कर्णाली प्रदेश सभा सभामुख, कर्णालीका मन्त्री परिषद, प्रदेश सभा सदस्य लगायत विभिन्न सरोकारवाला निकायको उपस्थितमा वीरेन्द्रनगरको मंगलगढी चोक देखि सुरु गरिएको प्रभात भेरी कार्यक्रम रंगशालाको कबर्ड हलमा विशेष समारोह सहित संविधान दिवस मनाइएको थियो।

तस्बिरमा हेर्नुहोस..

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 

डोल्पामा संगठन विस्तार गर्दै रास्वपा, पहिलो पटक तदर्थ समिति गठन 


TOP