ताजा
राज्यको करोडौं लगानी भएको डोल्पाको बलङ्ग्रा चौरी फार्म अलपत्र, बनेका संरचना जीर्ण  ||    डोल्पाका यातायात प्रालिले नियमविपरीत कार्य गरे कारबाही गरिने प्रशासनको चेतावनी  ||    जुम्लामा जिल्ला स्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा हमाल चयन    ||    डोल्पामा गुडिरहेको ट्रयाक्टरबाट खस्दा एक जना घाइते  ||    डोल्पामा जेठ महिनामा लेक लागेर २ जनाको मृत्यु, १२ जना बिरामी  ||    विश्वले चिन्ने फोक्सुण्डो ताल आफ्नै प्रदेशको बजेटमा गायब  ||    कर्णालीको बजेट ३५ अर्ब ३९ करोड, चालु आवभन्दा ७.२८ प्रतिशत वृद्धि  ||    कर्णालीको डोल्पासहितका जिल्लामा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्न सांसद राणाको माग  ||   
आइतबार , असार ७, २०८३

काठमाडौं । अन्तरिम सरकारका नवनियुक्त चार मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रधानमन्त्री सुशीला कार्कीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा महावीर पुन, उद्योग तथा भूमिसुधार मन्त्रीमा अनिलकुमार सिन्हा, सञ्चार, सूचना तथा प्रविधि मन्त्रीमा जगदीश खरेल र कृषिमन्त्रीमा डा.मदन परियारलाई सिफारिस गरेकी थिईन् । नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

प्रधानमन्त्री कार्कीले मन्त्री नियुक्तिको लागि ५ जनाको नाम पठाएको भए पनि डा.संगीता कौशल मिश्रालाई भने मन्त्री नयुक्ति गरिएन । यसअघि उनलाई स्वास्थ्यमन्त्रीमा सिफारिस गरिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा सिफारिस भएकी डा.मिश्राले अतिरिक्त सचिवको पदबाट राजीनामा दिएर मन्त्री बन्ने तयारी गरेकी थिईन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले डा.मिश्राविरूद्ध छानबिन गरिरहेको थाहा पाएपछि प्रधानमन्त्री कार्कीले नियुक्ति अगाडि नबढाएकी हुन् ।

प्रधानमन्त्री कार्कीले यसअघि ऊर्जा तथा जलस्रोत मन्त्रीमा कुलमान घिसिङ, अर्थमन्त्रीमा रामेश्वर खनाल र गृहमन्त्रीमा ओमप्रकाश अर्याललाई नियुक्त गरिसकेकी छन् । प्रधानमन्त्री कार्कीले यसअघि नै नौ सदस्यीय मन्त्री परिषद् बनाउने घोषणा गरिसकेकी छन् । प्रधानमन्त्री कार्कीको क्याबिनेटमा स्वाथ्यमन्त्रीको अर्को सम्भावित पात्रबारे खोजी भइरहेको बताइएको छ ।

नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहण समारोहमा राष्ट्रपति पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री कार्की, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, सर्वोच्च अदालतका प्रधानन्याधीश प्रकाशमानसिंह राउतलगायत विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 

डोल्पामा संगठन विस्तार गर्दै रास्वपा, पहिलो पटक तदर्थ समिति गठन 


TOP