डोल्पा : हिमाली जिल्ला डोल्पाको मुड्केचुला गाउँपालिकाले ३४ औँ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाएको छ।
पालिकाले बुधबार गाउँपालिकाकी उपाध्यक्ष दुदा कुमारी रोकायाको प्रमुख आतिथ्यतामा तथा समावेशी अपाङ्ग सेवा समितिका अध्यक्ष भीम बहादुर शाहीको सभाध्यक्षतामा “अपाङ्गता समावेशी समाजको प्रतिवद्धता; सामाजिक उन्नतिको संवर्द्धन” भन्ने मूल नाराका साथ ३४ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रमहरू आयोजना गरी मनाएको गाउँपालिकाले जानकारी दिएको छ।



कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष रोकायले समावेशी समाज निर्माणमा अझै प्रभावकारी पहल गर्न प्रेरणा दिने विश्वास व्यक्त गरेको बताइन् ।
दिवसको अवसरमा आयोजित कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूलाई उनीहरूको अधिकार, हक–हित तथा समावेशी सामाजिक वातावरण निर्माणका विषयमा जानकारी गराइएको थियो।
कार्यक्रममा उपाध्यक्ष रोकायासहित गाउँपालिकाभित्रका विभिन्न समूहगत शाखाका प्रमुख तथा प्रतिनिधि, स्थानीय जनप्रतिनिधि तथा गाउँपालिकाभित्र रहेका अपाङ्गता भएका व्यक्तिहरूको सहभागिता रहेको थियो।












