ताजा
‘देशकै धनी महानगर चलाउने र एसियाकै गरिब मध्येको देश चलाउने तरिका एउटै हुँदैन’  ||    डोल्पाको सदरमुकाम दुनैस्थित बेलिब्रिज आसपासमा सशस्त्र प्रहरीद्वारा मर्मतसम्भार  ||    शे-फोक्सुण्डोमा पालिकाको समन्वय बिना मनपरी आयोजना सञ्चालन नगर्न निर्देशन  ||    यार्सागुम्बा उत्पादन घट्दा हिमाली अर्थतन्त्र संकटमा, सांसद बुढाद्वारा सरकारलाई प्रश्न?   ||    चुलु फार इष्ट हिमालको चुचुरोमा पुगे सशस्त्र प्रहरी जवान डोल्पाका तुलराम बुढा  ||    रुकुम पूर्वको पानीडाल क्षेत्र डोल्पाको भनेपछि काईकेका अध्यक्ष राणाले मागे माफी  ||    डोल्पामा जिप दुर्घटना: घाइते ९ जनाको परिचय खुल्यो  ||    डोल्पाको भित्तीमा जिप दुर्घटना, ९ जना घाइते  ||   
सोमबार , असार १, २०८३

पूर्ण सार्की/ सुर्खेत: राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा)का कार्यवाहक सभापति डीपी अर्यालले डोल्पा र मनाङ बाहेक देशैभर पार्टी विस्तार भै सकेको बताएका छन।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा हुने प्रदेश स्तरीय राजनीतिक प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्न संघीय राजधानी काठमाण्डौबाट शुक्रबार बिहान सुर्खेत पुगेका अर्यालले सञ्चारकर्मीहरु सँग कुरा गर्दै डोल्पा र मनाङ बाहेक सबै जिल्लामा सानो ठूलो संरचना विस्तार भैसकेको बताएका हुन्। उनले भने ‘डोल्पा र मनाङमा मात्र औपचारिक प्रक्रिया बाँकी छ, बाँकी सबै ठाउँमा सानो–ठूलो संरचना विस्तार भइसकेको छ।’

कर्णालीप्रति रास्वपा नेतृत्वको ध्यान कम गएको जनगुनासो बढेपछि यसपटक आफूले कर्णालीलाई प्राथमिकतामा राखि कर्णाली पुगेको अर्यालले बताए। ‘कर्णालीका साथीहरूको आवाज सुनेर नै म यसपालि सुर्खेत आएको हुँ,’ उनले भने।

रास्वपा सभापति रवि लामिछानेप्रति सरकारले अझै स्पष्ट धारणा नदिएको, अघिल्लो सरकारले राजनीतिक प्रतिशोधका आधारमा कदम उठाएको र अहिले पनि धेरै विषय अदालतको निर्णयमा आश्रित रहेको अर्यालले बताए।

उनका अनुसार एजेण्डा मिल्ने कुनै पनि राजनीतिक दलसँग सहकार्य गर्न रास्वपा तयार रहेको समेत बताए । ‘हामी विकल्पको राजनीतिमा छौं। जेनजीले उठाएका मुद्धा रास्वपाले स्थापना देखिनै बोकेको विषय हो’ अर्यालले भने।

आज वीरेन्द्रनगरमा हुने कर्णाली प्रदेशस्तरीय राजनीतिक प्रशिक्षण कार्यक्रममा पार्टीका प्रदेश र जिल्ला तहका प्रतिनिधिहरूलाई आगामी राजनीतिक दिशा, संगठन विस्तार र कार्ययोजनाबारे प्रशिक्षण दिइने कार्यक्रम रहेको छ।

राजनीतिक प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्नको लागि कार्यबाहक सभापति अर्याल, महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रवक्ता मनिस झा, केन्द्रीय सचिवालय सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज गणेश पराजुली, केन्द्रीय प्रशिक्षण विभागका सचिव कमल सुवेदी, केन्द्रीय सदस्य तथा नीवर्तमान प्रतिनिधि सभा समानुपातिक सांसद बिनिता कठायत लगाएतका शीर्ष नेतृत्वहरु कर्णाली पुगेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 


TOP