ताजा
सुर्खेतको वीरेन्द्रनगरमा ब्राउन सुगरसहित २४ वर्षीय युवक पक्राउ  ||    परीक्षामा पास गराइदिने भन्दै करोडौं ठगी गर्ने दैलेखका एक युवक सुर्खेत प्रहरीको फन्दामा   ||    कर्णाली प्रदेशमा २०८३ सालका लागि ६ दिन थप सार्वजनिक बिदा घोषणा  ||    सर्वोच्चको आदेश: ओली र लेखकमाथि २६ चैतभित्र अनुसन्धान टुंग्याउनू  ||    जाजरकोटमा नक्कली प्रवेशपत्र बनाएर सट्टामा परीक्षा, बाबु र छोरासँगै पक्राउ परे लेखापाल  ||    कर्णाली प्रदेशको विकासका लागि निजी क्षेत्रको सहयोग आवश्यक : मुख्यमन्त्री कँडेल  ||    सांसद बुढाद्वारा डोल्पाका विभिन्न ठाउँमा टेलिकमको फोरजी सेवा विस्तार सहित टावर स्तरवृद्धिको माग  ||    प्रधानमन्त्री बालेन शाहलाई डा. अबुल हुसेन अन्सारीको खुला पत्र  ||   
मंगलबार , चैत्र २४, २०८२

पूर्ण सार्की/ सुर्खेत: दुवै मृगौला फेल भएर उपचाररत वरिष्ठ सर्जक तथा पूर्व कार्यक्रम प्रस्तोता कमल विक ‘निर्मोही’लाई इन्द्रेणी समाजले आर्थिक सहयोग गरेको छ।

इन्द्रेणीले सोमबार रेडियो नेपालको प्रादेशिक प्रसारण केन्द्र सुर्खेतमा विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गरी सर्जक निर्मोहीलाई इन्द्रेणीको तर्फबाट १ लाख ५ सय र कार्यक्रममा अन्य सहयोगी दाताहरुबाट ४९ हजार १ सय ८६ रुपैयाँ संकलन गरी कुल १ लाख ४९ हजार ६ सय ८६ रुपैयाँ बराबर आर्थिक सहयोग गरिएको इन्द्रेणीका संचालक कृष्ण कँडेलले जानकारी दिए।

कार्यक्रममार्फत सहयोग हस्तान्तरण गर्दै इन्द्रेणीका सञ्चालक कँडेलले नेपाली संगीत क्षेत्रमा लामो समयदेखि योगदान दिँदै आएका सर्जक निर्मोही जीवन–मरणको दोसाँधमा रहेकाले सहयोग अभियान सञ्चालन गरिएको बताए।

रेडियो नेपाल केन्द्रीय प्रसारण र क्षेत्रीय प्रसारण सुर्खेतमा लामो समय ‘श्रोता संवेग’ कार्यक्रम सञ्चालन/ संकलन गरेका वरिष्ठ नायक, गायक सर्जक निर्मोही १ वर्षदेखि दुवै मृगौला फेल भएर निरन्तर उपचाररत छन्।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१०, सुगन्ध विनायक टोल स्थायी घर भएका निर्मोही सुरुमा सामान्य अवस्थामा रहे पनि केही वर्षअघि स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल परीक्षणका क्रममा मृगौला फेल भएको पुष्टि भएको थियो।

सर्जक निर्मोहीसँगै उनकी श्रीमती हेरम्बा देवी विक पनि मृगौला फेल भएर उपचाररत छन् । श्रीमानको निरन्तर हेरचाह गर्ने क्रममा आफूलाई पनि मृगौलाको समस्या देखिएको बताउँदै हेरम्बाले अन्तिम सास रहेसम्म श्रीमानको साथ नछोड्ने बताइन् ।

चिकित्सकका अनुसार दुवै दम्पतीको मृगौला प्रत्यारोपण गरेपछि स्वास्थ्यमा सुधार आउने विश्वास गरिएपछि निरन्तर उपचाररत रहेका उनीहरूले सहयोगको अपील समेत गरेका छन ।

इन्द्रेणीले सञ्चालन गरेको सहयोगको कार्यक्रममा सुर्खेतका पुराना तथा ख्यातिप्राप्त सर्जकहरूलाई एकै स्थानमा भेला गराउँदै यस दिनलाई ऐतिहासिक दिन बनाएको कँडेलले जानकारी दिए।

इन्द्रेणीद्वारा आयोजना गरिएको सांस्कृतिक कार्यक्रममा इन्द्रेणीसँगै सुर्खेतका पुराना तथा ख्यातिप्राप्त सर्जकहरू, नेपाली कांग्रेसका सुर्खेत उप-सभापति एबम् समाजसेवी विष्णु खड्का, युवा व्यवसायी तथा सर्जक हरी विष्ट लगाएतले वरिष्ठ सर्जक निर्मोहीको उपचारमा सहयोग होस् भनी आर्थिक सहयोग समेत गरेका थिए।

पूरा कार्यक्रम केही दिनपछि हिमालय टेलिभिजन र इन्द्रेणीको अफिसियल सामाजिक सञ्जाल देखि प्रशारण हुने छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पाका सांसद बुढाले गरे आफूले पाउने सेवा–सुविधा समाजसेवामा खर्च गर्ने प्रतिबद्धता

प्रधानमन्त्री बालेनसमक्ष डोल्पाका सांसद धन बहादूर बुढाको १५ बुँदे माग, के के छन् माग? 

सांसद बुढाद्वारा डोल्पाका विभिन्न ठाउँमा टेलिकमको फोरजी सेवा विस्तार सहित टावर स्तरवृद्धिको माग

प्रधानमन्त्री बालेन शाहलाई डा. अबुल हुसेन अन्सारीको खुला पत्र

केपी ओलीको रिहाइको माग गर्दै डोल्पामा प्रदर्शन 

जुम्लामा जातीय विभेदको आरोपमा एक महिला पक्राउ


TOP