ताजा
डोल्पाको सदरमुकाम दुनैस्थित बेलिब्रिज आसपासमा सशस्त्र प्रहरीद्वारा मर्मतसम्भार  ||    शे-फोक्सुण्डोमा पालिकाको समन्वय बिना मनपरी आयोजना सञ्चालन नगर्न निर्देशन  ||    यार्सागुम्बा उत्पादन घट्दा हिमाली अर्थतन्त्र संकटमा, सांसद बुढाद्वारा सरकारलाई प्रश्न?   ||    चुलु फार इष्ट हिमालको चुचुरोमा पुगे सशस्त्र प्रहरी जवान डोल्पाका तुलराम बुढा  ||    रुकुम पूर्वको पानीडाल क्षेत्र डोल्पाको भनेपछि काईकेका अध्यक्ष राणाले मागे माफी  ||    डोल्पामा जिप दुर्घटना: घाइते ९ जनाको परिचय खुल्यो  ||    डोल्पाको भित्तीमा जिप दुर्घटना, ९ जना घाइते  ||    रुकुम पश्चिममा जिल्ला छोरी सञ्जाल गठन  ||   
सोमबार , असार १, २०८३

डोल्पा: क्रान्तिकारी कम्युनिष्ट पार्टीका पोलिट ब्युरो सदस्य शेर बहादुर देउवाले फागुन २१ मा हुने निर्वाचनलाई बहिस्कार गर्ने बताएका छन्।

बुधबार डोल्पामा पत्रकार सम्मेलन गर्दै उनले शुशिल कार्की नेतृत्वको सरकारलाई कठपुतली सरकारको संज्ञा दिँदै उक्त सरकारद्वारा घोषणा गरिएको आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई बहिस्कार क्रान्तिकारी कम्युनिष्ट पार्टीले घोषणा गरेको बताएका हुन।

उनले दलीय संसदीय व्यवस्थाको विकल्प खोज्दै आफ्नो पार्टीले वैज्ञानिक समाजबाद उपयुक्त विकल्प रहेको बताउँदै दुई वर्ष पछाडि हुने चुनावलाई अगाडि गराएर कठपुतली सरकार राज्यको ढुकुटी सकाउने तर्फ उत्मुख रहेको आरोप लगाए।

राजनीतिक स्थिरता कायम गर्न नसकी चुनाव मात्रै गराएर समस्याको समाधान हुन नसक्ने भन्दै रोजगारी सिर्जना गर्छु, उद्योग कलकारखाना स्थापना गर्छु भन्ने कुरा चुनाव बाट सम्भव नहुने प्रष्ट पारे ।

उनले वैज्ञानिक समाजबाद स्थापना गर्नुका निम्ति निर्वाचनको विकल्पका रूपमा सर्वक्षिय बामपन्थी, राष्ट्रवादी , देशभक्त प्रगतिशिलहरुको राष्ट्रिय राजनीतिक सम्मेलन गर्नुपर्नेमा जोड दिए।

उनले राष्ट्रिय संयुक्त राजनीतिकको मोर्चा गर्दै स्वाधीन संयुक्त सरकार निर्माण गरी वर्तमान सरकारलाई खारिज गरेर संयुक्त राजनीतिक मोर्चाद्वारा निर्माण भएको सरकारद्वारा जन संविधान निर्माण गरी देशमा सुशासन कायम गर्न सकिने समेत बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 


TOP