ताजा
शनिबार , जेठ २३, २०८३

पूर्ण सार्की/डोल्पा। जिल्ला प्रहरी कार्यालय, डोल्पाले २०८२ साल मंसिर महिनामा सम्पादन गरेका कार्यहरूको प्रगति विवरण सार्वजनिक गरेको छ। बुधबार प्रहरीले एक महिनामा गरेका कार्य विवरण सार्वजनिक गर्दै मंसिरमा मात्रै जिल्लामा ५ वटा मुद्धा दर्ता भएको जानकारी दिएको छ।
प्रहरीका अनुसार दर्ता भएका मुद्धामध्ये १ वटा गम्भीर, १ वटा सामान्य, १ वटा म.बा.बा. सम्बन्धी, १ वटा भवितव्य र १ वटा झुण्डिएर गरिएको आत्महत्या सम्बन्धी रहेको प्रहरीले जनाएको छ। ती मुद्धामा ७ जना प्रतिवादी रहेका छन्।
फैसला कार्यान्वयनतर्फ १ जनालाई पक्राउ गरी रु. २ हजार ५ सय जरिवाना असुल गरिएको छ। हराएका व्यक्तिको विवरणमा ४ जनाको खोजी निवेदन परेकोमा १ जना फेला परेका छन्।

गत मंसिर १ गते साँझ त्रिपुरासुन्दरी नगरपालिका–१, त्रिपुराकोट बजार क्षेत्रमा गरिएको चेकजाँचका क्रममा १ ग्राम ८८ मिलिग्राम ब्राउनसुगर, ३ ग्राम ८३ मिलिग्राम चरेश र १२ ग्राम ७५ मिलिग्राम गाँजा बरामद गरिएको छ। उक्त घटनामा हरी बहादुर बि.क.सहित ७ जनालाई पक्राउ गरी अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार मंसिर महिनामा जिल्लामा १ जना ३७ वर्षीय पुरुषले घाँटीमा पासो लगाई आत्महत्या गरेको तथ्याङ्क छ। विपद् व्यवस्थापनतर्फ १ वटा आगलागीको घटना भएको छ, जसबाट अनुमानित रु. २५ हजार बराबरको क्षति भएको र ५ जना प्रहरी परिचालन गरिएको थियो। सवारी दुर्घटनाको कुनै घटना नभएको प्रहरीले रंगिन पाटीलाई जानकारी दिएको छ ।

प्रहरीका अनुसार महिनाभर नियमित सुरक्षा व्यवस्थाअन्तर्गत LRP ५, SRP ४३८, पिकेट ४३२, चेकिङ ४२६ तथा ग्रामीण गस्ती ५६७ पटक सञ्चालन गरिएको छ। सवारी चेकिङका क्रममा ३७ वटा कारबाही गरी रु. ६३ हजार राजश्व संकलन गरिएको छ।

प्रहरीले मंसिरमा समुदाय तथा विद्यालय केन्द्रित ३७ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएका छन्, जसमा ९३९ जनाको सहभागिता रहेको छ। साथै नागरिक सहायता कक्षमार्फत ८१२ जना सेवाग्राहीलाई सेवा प्रवाह गरिएको प्रहरीले जनाएको छ। हटलाइन तथा ड्युटी अफिसरको सम्पर्क नम्बरमा ७६ वटा फोन कल प्राप्त भएका थिए।

प्रहरी कर्मचारीको मनोबल वृद्धि गर्न प्रकृति भ्रमण, खेलकुद, मनोरञ्जनात्मक कार्यक्रम, बनभोज तथा ‘बेष्ट पुलिस अफ द मन्थ’ कार्यक्रम सञ्चालन गरिएको छ। नवप्रवर्तनात्मक कार्यअन्तर्गत स्मारिका पुनर्निर्माण, कार्यालय प्रमुखको निवास तथा शौचालय निर्माण र रंगरोगन गरिएको छ।

त्यस्तै, सिमान्तकृत, अल्पसंख्यक तथा पिछडिएका वर्ग लक्षित ५ वटा कार्यक्रम सञ्चालन गरिएका छन्, जसमा ६७ जनाको सहभागिता रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

सांसद बुढाद्वारा डोल्पाको साझा विकासका एजेन्डा तय गर्न सर्वदलीय छलफल आह्वान 

डोल्पा सडक अनियमितता प्रकरण: विशेष अदालतद्वारा ३ जना दोषी ठहर, अन्यलाई सफाइ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 


TOP