सुर्खेत: नेपाल संवाद क्लब कर्णाली प्रदेश स्तरीय कमिटीको औपचारिक घोषणा गरिएको छ । आईतबार कर्णाली प्रदेश राजधानी समेत रहेको सुर्खेतको वीरेन्द्रनगरमा नेपालकै चर्चित अनि ख्यातिप्राप्त पत्रकार ऋषि धमलाको प्रमुख आतिथ्यतामा गोविन्द विश्वकर्माको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरिएको हो ।



अध्यक्षमा विक सगै बरिष्ठ उपाध्यक्षमा प्रज्वल चुनारा, उपाध्यक्षमा मालती बिक, महासचिवमा सञ्जीवकुमार बिसी, सचिवमा यादव पौडेल, उपसचिवमा डिलु सुनार, कोषाध्यक्षमा विवेक स्वर्णकार सहित सदस्यहरूमा किरण बुढा क्षेत्री, नविन पुरी, शान्ति बिक, जगत सुनार, विपना विश्वकर्मा, रविन्द्र तिवारी, भरत सुनार र अजय बिक सर्वसम्मत चयन भएका छन्।

नवनिर्वाचित अध्यक्ष विश्वकर्माले कर्णाली प्रदेशमा संवाद, पत्रकारिता र सामाजिक उत्तरदायित्वलाई सशक्त बनाउने प्रतिबद्धता व्यक्त गर्दै उनले संगठनलाई प्रदेशभर विस्तार गर्दै पत्रकारहरूको क्षमता विकासमा काम गर्ने बताए ।

प्रमुख अतिथि रहेका चर्चित पत्रकार धमलाले कर्णाली प्रदेशमा पत्रकारिता र सञ्चारको दृष्टिले महत्वपूर्ण क्षेत्र भएको उल्लेख गर्दै नेपाल संवाद क्लबले कर्णालीको आवाजलाई राष्ट्रिय स्तरमा पु¥याउन भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
उनले निष्पक्ष, तथ्यपरक र जिम्मेवार पत्रकारिताको आवश्यकता औंल्याउँदै युवा पत्रकारहरूलाई संगठित बनाउनु आजको आवश्यकता औल्याए । नव गठित प्रदेश स्तरीय कार्यसमितिलाई प्रमुख अतिथि समेत रहेका धमला सहित राष्ट्रिय दलित पत्रकार महसंघका केन्द्रीय उपाध्यक्ष तथा क्लबका कर्णाली प्रदेश इन्चार्ज टेकेन्द्र विश्वकर्मा, केन्द्रीय अध्यक्ष आशिष मल्ल ठकुरी, कर्णाली स- इन्चार्ज जीवन तिरुवा लगाएतले प्रमाणपत्र सगै बधाई तथा सफल कार्यकालको शुभकमना समेत दिएका छन् । ।
जनहितमा जारी सन्देश

















