सुर्खेत । सुर्खेत जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्नेको लहर देखिएको छ। सुर्खेतमा एकै पटक नेपाली काँग्रेस परित्याग गर्दै ४० भन्दा बढी नेता तथा कार्यकर्ताले रास्वपामा प्रवेश गरेका छन्।

सुर्खेतको चिङ्गाड गाउँपालिका–१ बाट नेपाली कांग्रेसका तर्फबाट २०७४ सालको स्थानीय तह निर्वाचनमा निर्वाचित वडा अध्यक्षसहित ४० जनाले रास्वपामा प्रवेश गरेको रास्वपाका नेता टेकबहादुर सिंहले जानकारी दिए।

उनका अनुसार नेपाली कांग्रेसबाट चिंगाड १ का पूर्व वडा अध्यक्ष तथा वडा सभापति वीरबहादुर वली, २०५४ सालमा तत्कालीन गाविस वडा अध्यक्ष रहेका पदमबहादुर खत्री, नरेन्द्र सुनार, टीकाराम खत्री, टेकेन्द्र बूढा, रुद्रबहादुर खत्री, लालबहादुर नेवार, वीरसिंह रावल, खागीसरा अधिकारी, हस्तबहादुर खत्री, गुमानसिंह खत्री, जसबहादुर सुनारलगायत ४० जनाले रास्वपा प्रवेश गरेका हुन्।

उनले पार्टी प्रवेश गरेको जानकारी दिँदै पार्टी प्रवेश गरेका सबैलाई चाँडैनै सदस्यता कार्ड पनि उपलब्ध गराउने बताएका छन् ।

रास्वपाका नेता सिंह स्वयं पनि हालै कर्णाली प्रदेशस्तरीय राजनीतिक प्रशिक्षण भेलाबाट पार्टी प्रवेश गरेका हुन्। उनी यसअघि नेपाली कांग्रेस सुर्खेत जिल्लाका उपसभापति थिए। सिंहको पार्टी प्रवेशसँगै सुर्खेतमा रास्वपाप्रति आकर्षण बढ्दै गएको बताइएको छ।

रास्वपाले कर्णाली प्रदेशभर संगठनात्मक विस्तारलाई तीव्र रूपमा अगाडि बढाइरहेको छ। पार्टीले वैकल्पिक राजनीति र सुशासनको एजेन्डालाई लिएर जनस्तरमा समर्थन बढ्दै गएको रास्वपाले जानकारी दिएको छ।

जनहितमा जारी सन्देश 

https://dolpobuddhamun.gov.np/

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

सांसद बुढाद्वारा डोल्पाको साझा विकासका एजेन्डा तय गर्न सर्वदलीय छलफल आह्वान 

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 


TOP