डोल्पा । डोल्पाको जगदुल्ला गाउँपालिकामा भ्यान दुर्घटना हुँदा चार जना घाइते भएका छन्।
सोमबार साँझ जगदुल्ला गाउँपालिकाको वडा नं ६ झ्याकोटबाट बलासातर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ च १०२० नम्बरको पिकअप भ्यान अचानक ब्रेक फेल भै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ ।



प्रहरीका अनुसार दुर्घटनामा परी जगदुल्ला गाउँपालिका–६ झ्याकोट निवासी ४० वर्षीय भक्तबहादुर बुढाथोकी, उनका ६ वर्षीय छोरा सुजन बुढाथोकी, सुर्खेतको गुर्भाकोट नगरपालिका–९ निवासी ३६ वर्षीय भीमबहादुर डि.सी.र सवारी चालक जुम्ला चन्दननाथ नगरपालिका–९ निवासी ३२ वर्षीय धर्मराज गिरी घाइते भएका छन् ।
घाइतेहरुको अवस्था सामान्य रहेको घाइते सबैलाई थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
जनहितमा जारी सन्देश

















