ताजा
शनिबार , जेठ २३, २०८३

डोल्पा। डोल्पाको त्रिपुरासुन्दरीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।त्रिपुरासुन्दरीको त्रिपुराकोट बगर बजारस्थित गल्लीगाड खोलामा रहेको कल्वट पुल नजिकै मंगलबार बिहान करिब ९:२० बजेको समयमा सदरमुकाम दुनैबाट त्रिपुरासुन्दरी मन्दिरतर्फ जाँदै गरेको क १ प्र १२१८ नम्बरको मोटरसाइकल घुम्तीमा अनियन्त्रित भई पल्टिँदा दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ ।

मोटरसाइकल घुम्तीमा अनियन्त्रित भई पल्टिँदा ठुलिभेरी नगरपालिका–४ तिप्ला निवासी करिब ३५ वर्षीयचालक नेत्र रोकाय र मोटरसाइकलको पछाडि सवार सोही स्थानकी करिब ३६ वर्षीया गीता बुढा घाइते भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका सूचना अधिकारी टोपेन्द्र बूढा मगरले रंगिन पाटीलाई जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा चालक नेत्र रोकायको दुबै कुम भाँचिएको छ भने मोटरसाइकलको पछाडि सवार बुढाको बाँया हात फ्र्याक्चर भएको छ। घाइते दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल दुनैतर्फ पठाइएको प्रहरीले जनाएको छ।

जनहितमा जारी सन्देश

https://dolpobuddhamun.gov.np/

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

सांसद बुढाद्वारा डोल्पाको साझा विकासका एजेन्डा तय गर्न सर्वदलीय छलफल आह्वान 

डोल्पा सडक अनियमितता प्रकरण: विशेष अदालतद्वारा ३ जना दोषी ठहर, अन्यलाई सफाइ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 


TOP